News Portal

  • “विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” सार्वजनिक

    ३१९ पटक

    भूगोल साहित्य समाजले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजना गरेको कार्यक्रममा दुई साहित्यकारका दुई नविनतम कृतिको लोकार्पण भयो ।

    वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” लोकार्पण गरिएको हो । सो दुबै कृतिको लोकार्पण प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट एक साथ लोकार्पण गरिएको थियो ।

    भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आआफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    लोकार्पित कथासंग्रह ‘विसंगत स्वरहरू’ माथि नेपाल बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधान र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

    यसैगरी निबन्धकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन”माथि निबन्धकार भीष्म उप्रेतीले बोल्नु भएको थियो । कार्यक्रममा लेखकहरु हिरण्यकुमारी पाठक र सुशीला देउजाले लेखकीय मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा कल्पतरु पत्रिकाका आजीवन सदस्यहरूलाई प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गएको थियो । कार्यक्रमको सञ्चालन शैलेन्द्रकुमार शाहले गर्नु भएको थियो ।

    कार्यक्रममा साहित्यकारहरु वीणा हाङ्खिम ९दार्जिलिङ०, दिनेश विक्रम थापा, माया ठकुरी, भागीरथी श्रेष्ठ, गुन्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठ, वरिष्ठ गीतकार उन्नती बोहरा “शीला”, प्रा।डा। गोविन्दमान सिंह कार्की, सिर्जना शर्मा, युवराज मैनाली, नारायण तिवारी,तुलसीहरी कोइराला, प्रद्युम्न जोशी, ताराकान्त पाण्डेय, नम्रता शर्मा, जयदेव भट्टराई, मुरारि सिग्देल, निर्मलरमण पराजुली,श्रीबाबु कार्की, कमला रिसाल, जय राई, श्याम प्रधान, तारा सुवेदीलगायतको विशेष उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...