News Portal

  • साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवमा तीन साधकलाई अभिनन्दन गरिने

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २ साउन २०८०
    ६२६ पटक
    भक्तपुर, २ साउन २०८०

    साहित्यिक पत्रकार सङ्घले आफ्नो स्वर्ण महोत्सवको अवसर परेर तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिए वापत सङ्घले उनीहरुलाई अभिनन्दन गर्ने भएको हो ।

    अभिनन्दन गरिने व्यक्तित्वमा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीता केशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठ रहेका सङ्घले जनाएको छ ।

    उनीहरुलाई अभिनन्दन गरिने विषयमा संघले सर्वसम्मत निर्णय गरेको हो । सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बताइएको छ ।

    सो अभिनन्दनका लागि वरिष्ठ साहित्यकारहरू श्रीओम श्रेष्ठ “रोदन” संयोजक रहेको सिफारिस समिति बनेको थियो । सिफारिस समितिमा नरेन्द्रबहादुर श्रेष्ठ र नीता श्रेष्ठ सदस्य रहेका थिए । सिफारिस समितिको सिफारिसका आधारमा कार्यसमितिले निर्णय लिएको संघले जानकारी गराएको छ ।

    वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...