News Portal

  • भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : शुक्रवार सांगीतिक कार्यक्रम

    निशा कुस्मा भक्तपुर, ३ साउन २०८०
    ३९१ पटक
    भक्तपुर, ३ साउन २०८०

    भुलु भुलु लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी भन्ने गायक अरुण थापालाई भक्तपुरले भने कहिल्यै भुल्न सकेन ।.कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइने भएका हुन् ।

    थोरै गीत गाएर पनि धेरै माया पाएका स्वर्गीय गायक थापाको स्मृतीमा यस वर्ष पनि भक्तपुरमा सांगीतिक स्मृती सभा आयोजना गरिने भएको हो । गत वर्षहरुमा स्वर्गीय थापाको स्मृती दिवसको दिन पारेर भक्तपुर सांगीतिक समाजले आयोजना गर्दै आएको ‘अरुण थापा स्मृती साँझ यस वर्ष भने रागरागिनी इन्टरटेण्ट्मेण्टले आयोजना गर्ने भएको छ ।

    रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कस्पालले गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिनमा पलासेस्थित फनभ्याली भित्र सांगीतिक श्रद्धान्जली कार्यक्रम तय गरिएको जानकारी गराए । कार्यक्रम साउन ५ गते शुक्रबार हुने बताइएको छ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । यस कार्यक्रममा सहकार्य काठमाडौं फन भ्यालीको रहेकाले प्रवेश निशुल्क गरिएको हो ।

    फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले कार्यक्रममा सहभागी सम्पूर्णले काठमाडौं फन भ्यालीभित्र उक्त दिन निशुल्क प्रवेश पाउने र फन भ्यालीभित्र प्रवेश गरेर यहाँका सेवा लिनेहरुले पनि नियमित शुल्कमा २० प्रतिशतका छुट पाउने प्रवन्ध मिलाइएको जानकारी गराए ।

    सदावहार गायक अरुण थापाको स्मृती कार्यक्रम भने दिउँँसो दुई बजे शुरु गरी करिब ३ घण्टा संचालन गरिने कार्यक्रम संयोजक एवं गायक कपिल कस्पालले जनाएका छन् । कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं सुपरस्टार नायक भुवन केसीबाट गरिने कार्यक्रम रहेको छ । त्यसैगरी कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेल, नायिका करिश्मा मानन्धर, नायक पल साह, मेलोडी किङ दीपक खरेल लगायतका वरिष्ठ कलाकारहरु सहभागी हुने जानकारी गराइएको छ ।

    कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायक गायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थी लगायतबाट अरुण थापाका गीतहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक एवं गायक कपिल कस्पालले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...