News Portal

  • भारतलाई पराजित गर्दै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ साउन २०८०
    २७५ पटक
    भक्तपुर, ७ साउन २०८०

    श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । पाकिस्तान ए ले भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

    श्रीलंकाको राजधानी कोलम्बोमा भएको खेलमा भारतलाई १ सय २८ रनको फराकिलो अन्तरले हराउदै पाकिस्तान च्याम्पियन बन्न सफल भएको हो । पाकिस्तान ए ले दिएको ३ सय ५३ रनको लक्ष्यमा भारत ए ४० ओभरमा २ सय २४ रन बनाउदै अलआउट भएपछि पाकिस्तानले खेल फराकिलो अन्तरले जित्न सफल भयो ।

    आर प्रेमदासा स्टेडियम कोलोम्बोमा सम्पन्न फाइनलमा पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा सबै विकेट गुमाएर २२४ रन मात्र बनाउन सक्यो।

    भारतको लागि ओपनर अभिषेक शर्माले सर्वाधिक ६१, कप्तान यश धुलले ३९ रन, साई सुदर्शनले २९ रन योगदान दिए। शर्मा र सुदर्शनले ६४ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि भारतले नियमित अन्तरलमा विकेट गुमाउन पुग्दा पाकिस्तान खेलमा हावी रह्यो।

    पाकिस्तानको बलिंगमा सुफियान मुकिमले ३ विकेट लिंदा अर्शद इकबाल, मेहरान मुम्ताज र मोहम्मद वासिमले २/२ विकेट लिए।

    यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट क्षेतीमा ३५२ रन बनायो।

    पाकिस्तानको लागि तय्यब ताहिरले शतकीय योगदान दिए जुन क्रममा ७१ बलमा १२ चौका र ४ छक्का प्रहार गरे। साहीबजादा फरहानले ६५, सैम अयुबले ५९, ओमर युसुफ र मुबसिर खानले समान ३५ रन बनाए।

    सैम अयुब र साहीबजादा फरहानले १२१ रनको ओपनिंग साझेदारी गर्दै पाकिस्तानलाई उत्कृस्ट सुरुवात दिलाएका थिए। छैठौं विकेटको लागि तय्यब ताहिर र मुबसिर खानले १२६ रनको साझेदारी गरे।

    भारतको बलिंगमा राजवर्धन हांगरगेकर र रियान परागले २/२ विकेट लिए।

    यो जीत संगै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । यस अघि २०१९ मा भएको पछिल्लो संस्करणमा समेत पाकिस्तानले जित हात पारेको थियो ।

    प्रतिकृया दिनुहोस्

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...

    क्यानडा र युके पठाईदिन्छु भन्ने ठगहरु प्रहरी फन्दामा

    वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई...

    बालमन्दिर जग्गा हिनामिनामा २० जनाविरुद्ध पक्राउ पुर्जी

    बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध...

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...