News Portal

  • साहित्यका १३ साधक सम्मानित हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन २०८०
    ३०६ पटक
    भक्तपुर, १९ साउन २०८०

    साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।

    अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी. आर. उपाध्याय रहनुभएको छ ।

    सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

    सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक र प्रमोद प्रधान र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समिति बनेको थियो ।

    सबैलाई आगामी साउन २९ गते अभिनन्दन गरिनेछ । वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले गत साउन १३ गते डा. जगमान गुरुङ, गीताकेशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो ।

    यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको छ ।

    साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ ।

    अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल (भारत), डा. सुरेन्द्र के. सी., द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एस.पी. कोइराला र डी. आर. उपाध्याय रहनु भएको छ ।

    सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । सो सम्मानका लागि वरिष्ठ साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ संयोजक र प्रमोद प्रधान र श्रीओम श्रेष्ठ “रोदन” सदस्य रहेको सिफारिस समिति बनेको थियो । उहाँहरू सबैलाई आगामी साउन २९ गते अभिनन्दन गरिनेछ ।

    वि. सं. २०२९ मा स्थापना भएको साहित्यिक पत्रकार सङ्घले गत साउन १३ गते डा. जगमान गुरुङ, गीता केशरी र मदनदास श्रेष्ठको अभिनन्दन गरेको थियो । यसअघि वरिष्ठ साधकहरू धरणीधर कोइराला, विश्वेश्वरप्रसाद कोइराला, काशीबहादुर श्रेष्ठ, चन्द्रमान मास्के, पारसमणि प्रधान, यज्ञराज शर्मा, रुद्रराज पाण्डे, सिद्धिचरण श्रेष्ठ, नरबहादुर भण्डारी, भुवनलाल प्रधान, माधवप्रसाद घिमिरे, महानन्द पौडेल, भवानी घिमिरे, श्यामप्रसाद शर्मा, मदनदेव भट्टराई, शशिकला शर्मा, भरत जङ्गमलगायतको अभिनन्दन गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...