राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘कविता महोत्सव- २०२३’ आयोजना गर्ने भएको छ ।
अनेसाले यसै अवसरमा नियमित रूपमा कविता महोत्सव गर्दै आइरहेको छ । यो वर्षको अनेसास कविता महोत्सव तेस्रो संस्करण हो ।
आगामी सेप्टेम्वर २३ अर्थात् असोज ६ शनिवार कविता महोत्सव हुनेछ । महोत्सवमा सहभागी हुन चाहने प्रतियोगी सर्जकले सेप्टेम्वर १५ ( भदौ २९) भित्र तोकिएको इमेलमा कविता पठाएर सहभागिता जनाउन सक्नेछन् ।
नियमहरूः
१.कविता नितान्त मौलिक/अप्रकाशित /अप्रसारित र अधिकतम २०० शब्दको हुनुपर्नेछ ।
२.एकजनाको एउटा मात्र कविता स्वीकार गरिनेछ ।
३.कविताको साथमा कविको सम्पर्क नम्बर, इमेलसहित छोटो परिचय र पासपोर्ट साइजको फोटो पठाउनुपर्नेछ ।
४. प्राप्त भएका कविताहरूबाट वाचनका लागि छनोट गरिने छ ।
५.म्याद नाघी आएका कविता महोत्सवमा समावेश गरिने छैन ।
६. निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
कविता पठाउने अन्तिम मितिः सेप्टेम्वर १५ , २०२३ कविता पठाउने ईमेलः