News Portal

  • लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्स अवार्ड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १ भदौ २०८०
    ३२३ पटक
    भक्तपुर, १ भदौ २०८०

     नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा आज नेपाल पर्यटन बोडमा आयोजित “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड (Nepal International Excellence Award 2023)”कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरु सम्मानित भएका छन्।

    दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले सम्मानित स्रष्टाहरुलाई अवार्ड प्रदान गरे ।

    सोही कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष साहित्यकार राधेश्याम लेकाली समेत सम्मानित भएका छन्।

    उनलाई प्रमुख अतिथि मन्त्री शरदसिंह भण्डारीले “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड” प्रदान गरे भने अध्यक्ष मेयर बाजीसिंहले मायाको चिनो प्रदान गारेका छन् ।

    यो अवार्ड नेपाल, भारत र बाङ्लादेशका विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गर्ने अन्तर्राष्ट्रिय अवार्ड हो। कार्यक्रममा नेपाल-बाङ्लादेश मैत्री संघका अध्यक्ष दिनदयाल रिजालले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पारेका थिए ।

    कार्यक्रममा कविहरु शिव अधिकारी, सरु गौतमले आआफ्नो कविता वाचन गरेका थिए भने कार्यक्रमको संचालन सखी प्रतिष्ठानकी अध्यक्ष कवि मन्जिला अनिलको रहेको थियो।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...