News Portal

  • चन्द्रमाको दक्षिणी भूभागमा यान अवतरण गराउँदै भारतले राख्यो विश्व रेकर्ड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ६ भदौ २०८०
    ३७३ पटक
    भक्तपुर, ६ भदौ २०८०

    भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान सफलतापुर्वक अवतरण भएको छ । बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा अवतरण गर्न सफल भएको हो ।

    भारतले ‘चन्द्रयान ३ ‘ लाई चन्द्रमामा पठाएको थियो । इण्डियन रिसर्च स्पेस अर्गनाइजेसन (इसरो)ले अवतरण गर्दैगर्दा फेसबुक, युट्युब र अफ्नो वेबसाइट मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो।

    सो यान चन्द्रमाको दक्षिणी भूभागमा सकुशल पुग्ने पहिलो यान समेत भएको छ । हालसम्म कुनै पनि देशको यान चन्द्रमाको दक्षिणी भूभागमा गएको छैन । हालसम्म सोभियत युनियन , अमेरिका र चीनले चन्द्रमामा आफ्नो यान पुर्याएका छन् । त्यसामा आफ्नो देशको नाम दर्ज गर्दै भारत चन्द्रमाको दक्षिणी भूभागमा यान ल्याण्ड गराउने विश्वकै पहिलो देश बन्न पुगेको छ ।

    रुसले पनि चन्द्रमाको दक्षिणी भूभागमा ल्याण्ड गराउने गरि गत अगस्त ११ मा लुना २५ नामको यान पठाएको थियो । तर सो यान सतहमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...