News Portal

  • शंकर भारतीको “अनुपम देवता”को अन्तर्क्रिया

    इभक्तपुर संवाददाता
    ५१० पटक
    २०८० भदौ ८, काठमाडौं । उपन्यास समाज नेपालले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको उपन्यासकार शंकर भारतीको “अनुपम देवता” उपन्यासको तेस्रो सस्करणको “अन्तरक्रिया कार्यक्रम” सम्पन्न भयो ।
    पहिलो सस्करण २०२७ सालमा प्रकाशित भएको हो । साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”को अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा “अनुपम देवता” उपन्यासको बारे चर्चा गरिएको थियो ।
    कार्यक्रममा सो उपन्यासबारे समालोचकहरु डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य राख्नु भएको थियो ।
    यसैगरी उपन्यासकार शंकर भारतीले आफ्नो उपन्यास लेखनबारे चर्चा गर्नु भएको थियो । यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा, अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन”, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिनालगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो । वि. स. २०१३ सालमा डिल्लीबजार, काठमाडौंमा जन्मिनु भएका भारतीको अर्को जुनी, प्रेम तपस्या, अनुपम देवता, महापुरुषको सन्तान र अग्नि परीक्षा उपन्यासहरु प्रकाशित रहेका छन् ।
    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...