News Portal

  • वनबासीका दुई कृति सार्वजनिक

    ४७५ पटक

    काठमाडौँ, ९ भदौ २०८० । कवि रामचन्द्र न्यौपाने ‘वनवासी’का ज्ञानक्रान्ति (महाकाव्य) र भक्तिसागर (खण्डकाव्य) आज लोकार्पण भयो ।

    सिसार साहित्य परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रम त्रिविका उपप्राध्यापक तथा पद्मकन्या बहुमुखी क्याम्पस संस्कृत, पत्रिकारिता र हिन्दी विभागका पूर्व विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

    महात्मा दीपकजीको प्रमुख आतिथ्यतामा सप्पन्न सो कार्यक्रममा अध्यक्ष, प्रमुख अतिथि र साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीलगायत विभिन्न व्यक्तिहरूले संयुक्त रूपमा कृतिहरुको लोकार्पण गर्नुभयो ।

    दुबै लोकार्पित कृतिको समीक्षा प्रा.डा. भागवत ढकाल, कवि सीता भट्टराई र पूर्व प्रशासक कृष्णचन्द्र घिमिरेले गर्नुभयो । कवि रामचन्द्रका दुई कृतिबाट कवि प्रभा भट्टराई, लक्ष्मी घिमिरे र स्वस्तिक ढकालले रचना वाचन गर्नुभयो ।

    कार्यक्रममा साहित्यकारहरु राधेश्याम लेकाली, विजयराज न्यौपाने, चन्द्रप्रसाद न्यौपाने, विजयध्वज थापा, राजनप्रसाद न्यौपाने, मीनप्रसाद ज्ञवालीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    प्रमुख अतिथि महात्मा दीपकजीले तत्त्वज्ञान प्राप्तिका लागि कृतिहरु सहयोगी भएको धारणा राख्नुभयो भने कृतिका सम्पादक एवं भूमिका लेखक ज्ञाननिष्ठ ज्ञवालीले सम्पादन र भूमिका लेखनको जोखिमबारे धारणा राख्नुभयो ।

    कवि वनवासीले धन्यवाद ज्ञापन गर्नु भएको सो कार्यक्रमको संचालन कवि राधिका पन्तले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...