News Portal

  • प्राडा. गुरुङलाई “नेपाल ऋषि”को उपाधि

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १२ भदौ २०८०
    ५७२ पटक
    भक्तपुर, १२ भदौ २०८०

    विश्व हिन्दु महासंघले वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई  ‘नेपाल ऋषि’को उपधिले सम्मानित गरेको छ

    विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको पूर्व मन्त्री पशुपति शमशेर राणा प्रमुख अतिथि रहनु भएको थियो ।

    कार्यक्रमका प्रमुख वक्ता प्रा.डा. जगमान गुरुङले “सामाजिक सदभाव र धार्मिक सहिष्णुता”को विषयमा धर्मिक, संस्कृति र जातजातिको समन्वयात्मक एकताको भवनाको विकास गरी नेपाल राष्ट्रको समुन्नति कसरी गर्ने भन्ने समन्वयात्मक प्रवचन दिनु भएको थियो ।

    डा. गुरुङले – “हजारौ वर्षपहिलेदेखि नेपाल र नेपाली वहुभाषिक, बहुजातीय बहुधार्मिक बहुसाँस्कृतिकबीच आपसी समन्वयात्मक सम्बन्धमा रहँदै आएको र ऋषि महर्षिहरूको तपो भूमि गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको महान तपोभूमि कहिल्यै कुनै जातजाति धर्म संस्कृतिका बीच मतभिन्नाता भएको पाइँदैन ।

    सीता र बुद्धको जन्मभूमिमा हाम्रो हरेक चाडपर्वमा सहिष्णुता कामय रहि विकास भइआएको छ” भन्नु भयो । यस अवसरमा सामाजिक अभियन्ता सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्कीले डा. गुरुङको विषयमा प्रकाश पार्नु भएको थियो ।

    डा. जगमान गुरुङलाई सर्वप्रथम पुराणस्थल दोलखामा “नेपाल ऋषि”को उपाधिले सम्मानित गरिएको थियो । यसपछि साहित्यिक पत्रकार संघले आफ्नो स्वर्ण महोत्सवको अवसरमा गत २०८० भदौ १३ गते सो उपाधिलाई अनुमोदन गरेको थियो ।

    विभिन्न संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष कवि अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थाहरुलाई समेटेर लाने बताउनु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...