एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसंग पराजित भएको छ । पाकिस्तान संगको खेलमा नेपाल २३८ रनले पराजित भएको छ ।
पहिलो पटक एसिया कपमा पुगेको नेपालले ३ सय ४३ रनको लक्ष्य पाएको थियो । नेपाल २३.४ ओभरमै सबै विकेट गुमाएर अल आउट हुनपुग्यो । नेपाल १ सय ४ रनमा अलआउट भएको हो ।
नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ र गुल्सन झाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको तर्फबाट कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ( कप्तान ), आरीफ शेख, कुशल मल्ल, दिपेन्द्र ऐरी, गुल्सन झा, सोमपाल कामि, करन केसी सन्दिप लामिछाने, ललित राजबंशी मैदानमा उत्रेका थिए ।
पाकिस्तानको तर्फबाट बाबर आजम ( कप्तान ) , शदाब खान ( उपकप्तान ) , फखर जमान, इमाम उल हक, सल्मान अलि अघा, इफ्तिखार एहमद, मोहम्मद रिजवान ( विकेटकिपर ), मोहम्मद नवाज, नसिम शाह, शाहिन अफ्रिदी, हरिस रौफ रहेका थिए ।