News Portal

  • अनेसास अफ्रिका च्याप्टरमा नयाँ कार्यसमिति चयन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २५ भदौ २०८०
    ८२४ पटक
    भक्तपुर, २५ भदौ २०८०

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरको दोस्रो बार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा हिजो सम्पन्न भएको छ ।

    आइतबार साँझ भएको संस्थाको दोस्रो अधिवेशनले कवि तथा नाट्यकर्मी गणेश खड्कालाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अफ्रिका भरिका नेपाली साहित्यकारहरुलाई समेटने गरि सन २०२० सेप्टेम्बरमा अनेसास अफ्रिका च्याप्टर गठन भएको थियो ।

    वर्ष २०२३–२०२५ का लागि निर्विरोध निर्वाचित अन्य पदाधिकारीहरूमा कृष्णदत्त भट्ट (केन्या) उपाध्यक्ष, चन्द्रकला आचार्य (रुवान्डा) महासचिव, सागर भण्डारी विभोर (केन्या) सचिव र तिर्सना कोइराला (रुवान्डा) कोषाध्यक्ष रहेका छन् भने समितिमा रामचन्द्र राई (सेसेल्स), पासाङ शेर्पा गोपर्मा (तान्जानिया), गङ्गा बस्याल (केन्या), भरत रिजाल (नाइजेरिया) सदस्य रहेका छन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई मुख्य अतिथि रहेको सो अधिवेशनले हिक्मत थापा (नाइजेरिया) लाई प्रमुख सल्लाहकार र सुवास सापकोटा (केन्या) र मनोज बिक (सेसेल्स) लाई सल्लाहकारमा मनोनित गरेको छ ।

    निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै वक्ताहरूले रोजगारीका लागि विदेश भूमिमा रहेका लेखक, साहित्यकारहरूले आर्थिक रेमिटान्समात्र होइन, सिर्जनात्मक रेमिटान्स पनि पठाएर मुलुकलाई समृद्ध बनाउने काम गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।

    उनीहरूका अनुसार नेपाली जहाँ–जहाँ पुगेका छन्, त्यहाँ भाषा–साहित्यका माध्यमबाट सानो नेपाल सिर्जना गर्दै, फैलिँदै छन् । सोही क्रममा कुलपति राईले ‘गैर आवासीय कवि–लेखकले विश्वव्यापी रूपमा नेपाली भाषा–संस्कृतिको वकालत र विस्तृतीकरणको प्रतिनिधित्व गरिरहेको’ बताए ।

    उनले अनेसास अफ्रिका च्याप्टरको गतिविधिले अँध्यारो अफ्रिका भन्ने भाष्य परिवर्तन भएको भन्दै प्रेरक मन्तव्य दिएका थिए । कार्यक्रममा साहित्यकारहरू जीवा लामिछाने, प्रतीक ढकाल, हिक्मत थापा, मोहन सिटौला , गोवर्धन पूजा, राधेश्याम लेकाली, पदम विश्वकर्मा, सुविद गुरागाई, नवीन प्राचीन, सर्वज्ञ वाग्ले, महेश्वर पन्त, विमला निरौला, मनोजबाबू पनेरु, रेणुका सोलु, निजानन्द मल्ल, मोहराज शर्मा,कृष्णदत्त भट्ट , चन्द्रकला आचार्यलगायतले शुभकामना मन्तव्य तथा रचनाहरू प्रस्तुत गरेका थिए ।

    सुवास सापकोटाले संचालन गरेको कार्यक्रममा अध्यक्ष गणेश खडकाले च्याप्टरको प्रतिवेदन पेश गरेका थिए भने निर्वाचन आयुक्त मन थापाले निर्बिरोध निर्वाचित कार्यसमितिको घोषणा गरेकी थिइन ।

    प्रवास बसाइको नेपथ्यदेखि परिदृश्यसम्मको अनुभव सुनाउने क्रममा कवि खड्काले अनेसास अफ्रिकाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल ‘किलिमञ्जारो’को नामबाट प्रकाशन गरिरहेको साहित्यिक प्रकाशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    जुम प्रविधिमार्फत भएको सो अधिवेशनको शुभकामना सत्रमा एसिया, अफ्रिका, युरोप , मध्यपुर्व तथा अमेरिकाबाट प्रतिनिधि एवम् अतिथि गरी ३८ जना सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...