News Portal

  • छात्रवृत्ति दिन नमान्ने संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाको तयारी

    भक्तपुरपोष्ट संवाददाता मध्यपुर थिमि, २१ असोज २०८०
    ५४० पटक
    मध्यपुर थिमि, २१ असोज २०८०

    छात्रवृत्ति दिन अटेर गरिरहेका नगर भित्र संचालित संस्थागत विद्यालयलाई कारवाही गर्ने मध्यपुर थिमि नगरपालिकाले चेतावनी दिएको छ । नियमानुसार छात्रवृत्तिका लागि पठाएका निर्णयहरु कार्यान्वयन गर्न ध्यानाकर्षण गराउँदैं कार्यान्वयन नगरे कारवाही गर्ने नगरपालिकाले चेतावनी दिएको हो ।

    नगर शिक्षा समितिले निर्णय गरेका छात्रवृत्ति सम्बन्धी निर्णय कार्यान्वयन गर्न नगरपालिकाले निर्देशन गरेको थियो । केही विद्यालयले त्यसमा अटेर गरिरहेको जनगुनासो आएपछि सबै संस्थागत विद्यालयलाई पत्राचार गर्नुपरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र भट्टले बताएका छन् ।

    शिक्षा समितिको निर्णय नमान्ने विद्यालयलाई पत्र पठाई सचेत गरिएको र नियमानुसार गरिएको निर्णय नमान्ने छुट संचालकहरुलाई नभएको उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए । नगर शिक्षा समितिले निर्णय गरेको र कार्यान्वयनका लागि पत्राचार भएका विषयहरु लागू गर्नु विद्यालयको कर्तब्य भएको भन्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले अटेर गर्नेलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाईने बताएका छन् ।

    शिक्षा नियमावली २०५९ (संशोधन सहित) र नगर शिक्षा ऐन २०७९ मा रहेको प्रावधान अनुसार छात्रवृत्तिका लागि  संस्थागत विद्यालयलाई नगरपालिकाले आग्रह गरेको हो ।

    यो पनि

    मध्यपुर थिमिका विद्यालयमा पहिलोपटक नगरपालिकाबाट छात्रवृत्ति वितरण (नामावलीसहित)

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...