News Portal

  • अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ असोज २०८०
    ५४८ पटक
    भक्तपुर, २७ असोज २०८०

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो ।

    पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र स‌ंवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी छन् ।

    विशेषतः नेपाली बालसाहित्यमा प्रवासबाट कलम चलाउने निरौलाले नेपाल र नेपाली साहित्यको आकाशमा छुट्टै स्थान बनाएकी  छन । विगतमा लामोसमयदेखि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध भई भाषा साहित्यका क्षेत्रमा सक्रिय रहेकी उनी हाल अनेसासको केन्द्रीय महासचिव समेत हुन ।

    कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत तथा प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीद्वारा हस्ताक्षरित सम्मानपत्र प्रमुख अतिथि मन्त्री मोहनबहादुर बस्नेतले प्रदान गरेका छन्   ।

    कार्यक्रममा करिव दुई दर्जनभन्दा बढी नेपाली भाषा साहित्य तथा नेपाली गीतसंगीत एवं सामाजिक विकासमा योगदान गरिएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा लघुनाटक चेतनाको प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...