News Portal

  • प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस : यस्तो छ कार्यक्रम

    भक्तपुर, ११ कार्तिक २०८०
    ५१४ पटक
    भक्तपुर, ११ कार्तिक २०८०

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चार दिने भ्रमणका लागि आज राति १ बजे काठमाडौँ आइपुग्दै छन्।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । उनी कतार एयरको उडान नम्बर QR644 मा अमेरिकाबाट दोहा हुँदै काठमाडौं ओर्लन लागेका हुन् ।

    उनलाई विमानस्थलको अतिबिशिष्ठ कक्षमा नेपाली सेनाको काली दल गणको सम्मान गारदले सलामी दिने कार्यक्रम रहेको छ।

    परराष्ट्रमन्त्री एनपि साउद र परराष्ट्र सचिव भरतराज पौडेलले विमानस्थल पुगेर स्वागत गर्नेछन् । उनको स्वागतमा रातो कार्पेटको ब्यवस्था गरिएको छ । दिउँसो बाट विमानस्थलमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, विमानस्थल सुरक्षाका लागि खटिएका सबैको समन्वयमा सुरक्षा ब्यवस्था बलियो बनाईएको छ ।

    आइतबार दिउँसो गुटेरस र परराष्ट्रमन्त्री साउदबीच द्विपक्षीय भेटवार्ता हुनेछ। लगत्तै उनले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन्। त्यसपछि उनले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ।

    आइतबारै महासचिव गुटेरस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन भ्रमणमा जाने र साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सोमबार (१३ कात्तिकका दिन) महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन्। जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन्। सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन्।

    सोमबार साँझ उनी पोखरा गएर बास बस्ने कार्यक्रम छ। कात्तिक १४ गते बिहान उनी पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन्। अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भएको छ। सोमबार साँझै उनी गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानेछन्।

    सोमबारै लुम्बिनीबाट काठमाडौं फर्केर उनले दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

    बुधबार (१५ कात्तिकमा) महासचिव गुटेरेस संयुक्त राष्ट्रसंघ मुख्यालय फर्किने कार्यक्रम छ।
    कार्तिक १५ गते बिहान १०:१५ वजे कतार एयरको उडान नम्वर QR653 बाट दोहा हुँदै उनि अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...