News Portal

  • नेपाल टि-ट्वान्टी विश्वकप खेल्न छनोट, हेर्नुस स्कोरकार्ड

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १७ कार्तिक २०८०
    २९३ पटक
    भक्तपुर, १७ कार्तिक २०८०

    आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमीफाइनलमा युएईलाई पराजित गर्दै नेपाल २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ।

    हेर्नुस स्कोरकार्ड

    सन् २०१४ पछि नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप छनोट भएको हो। दुई वर्ष अघि ओमानमा आयोजित टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित हुँदा टि-२० विश्वकप छनोट हुन असफल भएको थियो।

    आजै सम्पन्न दोश्रो सेमीफाइनलमा बहराइनलाई १० विकेटले पराजित गर्दै ओमान पनि विश्वकप छनोट भएको छ।

    आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनलको उपाधिको लागि ओमान र नेपाल बीच आइतबार टियु मैदान कीर्तिपुरमा प्रतिस्पर्धा हुनेछ।

    मुलपानी मैदानमा सम्पन्न खेलमा युएईले दिएको १३५ रनको लक्ष्य नेपालले

    लक्ष्य पछ्याउने क्रममा ओपनर कुशल भुर्तेल ११ रन बनाएर तेश्रो ओभरमा आउट भए। २६/१ को अवस्थाबाट दोश्रो विकेटको लागि आसिफ शेखले गुल्सन झासंग ४१ रनको साझेदारी गरे। गुल्सन दशौँ ओभरमा २२ रन बनाएर आउट भए। तेश्रो विकेटको लागि आसिफ र रोहितले ६८ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म पुर्याए।

    आसिफले चौंथो टि-ट्वान्टी अर्धशतक पुरा गरे जुन क्रममा अविजित ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितले २१ बलमा ३ चौका र १ छक्का मद्दतले ३५ रन बनाए। युएई बलर निलांश केसवानी र बसिल हमिदले १/१ विकेट लिए।

    टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन जोड्यो।

    यूएईका भृत्य अरविन्दले ६४ रन बनाए। मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपाली स्पीनरहरुले कसिलो बलिङ गरे।

    नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक एक विकेट लिए। सन्दीपले चार ओभरमा एक मेडन राख्दै १४ रन मात्र खर्चिए। कुशल मल्लले ३ ओभरमा ११ रन खर्चिए।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...