News Portal

  • तेक्वान्दो (आइटिएफ) च्याम्पियनसिपमा भक्तपुरको मदरल्याण्ड स्कूल टिम च्याम्पियन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ मंसिर २०८०
    ७२३ पटक
    motherland tekwondoभक्तपुर, २४ मंसिर २०८०

    नवौं अन्तर विद्यालय तेक्वान्दो (आइटिएफ) च्याम्पियनसीपमा सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कूल टिम च्याम्पियन बन्न सफल भएको छ ।

    प्रतियोगितामा मदरल्याण्ड स्कूल भक्तपुर ८ स्वर्ण, ४ रजत र ८ कास्य प्राप्त गर्दै टिम बिजेता बनेको हो । त्यसैगरी आरक्षण स्कूल भक्तपुरले ५ स्वर्ण, ८ रजत र ५ कास्यसहित दोस्रो तथा सुनाखरी पाठशाला काठमाडौंले ५ स्वर्ण, ३ रजत र ८ कास्यसहित तेस्रो स्थान हासिल गरेका छन् ।

    उत्कृष्ट खेलाडी अब्राहम तोलाङ्गे (न्यु मोडेल एकेडेमी, काभ्रे) ले छात्र तर्फ र उत्कृष्ट खेलाडि रेजिना तामाङ (सुनाखरी पाठशाला, काठमाडौं)ले छात्रा तर्फ ब्यूटीफुल ट्रफी हात पारेका छन् ।

    समापन समारोहका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक रमेश खरेल, राष्ट्रिय तेक्वान्दो संघका सचिव शनिस लागेजू तथा हंसदा योग आश्रमका अध्यक्ष स्वामी नीलकण्ठ र अध्यक्ष स्वामी पञ्चशीलले पदक तथा ट्रफी वितरण गरेका थिए ।

    तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा अन्तरविद्यालय तेक्वान्दो आईटीएफ च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको आयोजकको भनाइ छ । यस इभेन्टका टुर्नामेन्ट डाइरेक्टर तथा तेक्वान्दो आईटीएफ नेपालका अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड-१९ को कारण २ वर्ष रोकिएको भए पनि पुनः निरन्तरता दिएको बताए ।

    २१ व्यक्तिगत स्प्यारिङ र १२ व्यक्तिगत प्याट्रेन क्याटोगोरीको लागि एक दिनको कार्यक्रममा १३ विभिन्न विद्यालयहरूबाट २ सय ६ खेलाडी र अधिकारीहरू सहभागी थिए।

    tekwando

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...