News Portal

  • गीतकार खड्काको खोजेरै आयौ !

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २ पुस २०८०
    १६०८ पटक
    भक्तपुर, २ पुस २०८०

    खोजेरै आयौ दिलमा बस्यौ माया लाग्छ अति धेरै

    छुटेर टाढा भए नि अझै आत्माले ठान्छ तिमी मेरै!

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अफ्रिका च्याप्टरका अध्यक्ष एवं कवि तथा गीतकार गणेश खड्काको नयाँ गीत खोजेरै आयौ सार्वजनिक भएको छ ।

    प्रायः प्रेम संयोगले हुन्छ र वियोग बाध्यताले हुन्छ भन्ने प्रेम जीवनका स्वाभाविक प्रक्रियाहरूलाई प्रस्तुत गीतमा उनिएको छ । माया-प्रेमको प्यासमा मृगतृष्णाझैं भौँतारिइरहेको मन आफू अनुकूल दिल भेटेपछि त्यहीँ गएर बास बस्छ तर स-साना बाध्यतामा परेर टाढा हुन्छ ।

    प्रेम पीडाको त्यही प्रतिकुलतालाई गीतले आत्मसात् गरेको छ । प्रेममा मिलन, बिछोड एक स्वाभाविक प्रक्रिया भए पनि कुनै बिछोड बाध्यताले हुने र कुनै बिछोड नियतवश अथवा कसैको भड्काउ या बहकाउमा लागेर हुने गर्दछ ।

    खड्काको खोजेरै आयौ गीतले प्रेम वियोगका यिनै विविधतालाई चित्रण गर्दै सबै प्रेमिल जोडीहरूलाई दीर्घकालीन प्रेम गर्न प्रतीकात्मक रूपमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

    “गणेश खड्का” युट्युब च्यानलमार्फत यही २०८० मङ्सिर ३० गते सार्वजनिक भएको “खोजेरै आयौ” गीतमा शब्द गणेश खड्का, सङ्गीत डीआर अटु, सङ्गीत संयोजन राजु कार्की र दृश्य छायांकन इसाक जबेगुको रहेकोछ ।

    म्युजिक भिडियोको नाममा गीतका मूल श्रष्टाहरूलाई ओझेल पार्ने गरी मोडेलहरू नचाएर गीत सार्वजनिक गर्ने प्रचलित ट्रेन्डभन्दा फरक शैलीबाट आएको यो गीतले श्रोताहरूको मन जित्नेमा यहाँ सामेल सबै सर्जकहरू विश्वस्त छन् ।

    गीत भनेको श्रव्य साहित्य र सुनेरै आनन्द लिनुपर्ने माध्यम भएकोले हेर्नेभन्दा पनि सुन्ने गीत बनाउन आफूहरू लागेको पछिल्लो समय यस्तै शैलीका गीत, गजलहरू प्रस्तुत गर्दै आएका दुई दर्जनभन्दा बढी गीत,गजल रेकर्ड गराइसकेका सर्जक गणेश खड्काको भनाइ छ ।

    यस गीतको भिडियोमा अर्को पनि एउटा आकर्षण छ । त्यो हो- मेलोडी किङको नामले परिचित लोकप्रिय गायक स्वरूपराज आचार्य यहाँ एउटा गायक मात्र होइन, नायकको रूपमा पनि प्रस्तुत भएका छन् ।

    गीतका लागि यस लिङ्कमा क्लिक गर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...