News Portal

  • चाँगुनारायण नगरब्यापी फूटसलमा गोल्डेन सुनगाभा बिजेता र मित्रश्री उपबिजेता

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ३ पुस २०८०
    ६६० पटक
    भक्तपुर, ३ पुस २०८०

    चाँगुनारायण प्याब्सनको आयोजनामा भएको नगरब्यापी विद्यालयस्तरीय फूटसल प्रतियोगितामा गोल्डेन सुनगाभाले जीत हासिल गरेको छ । फाइनलमा मित्रश्री स्कूललाई पराजित गर्दै गोल्डेन सुनगाभा बिजेता बनेको हो ।

    प्रतियोगिताको तेस्रो स्थानमा प्रज्ञा स्कूल रहेको छ भने फुलब्राइट स्कूल चौथो स्थानमा आउँन सफल भएको छ । पहिलो, दोश्रो, तेस्रो र चौथो हुने टिम जिल्लास्तरीय प्रतियोगिताको लागि छनौट भएका प्याब्सन भक्तपुरका बरिष्ठ जिल्ला उपाध्यक्ष राजन कस्पालले जनाएका छन् । चाँगुनारायणमा ७ विद्यालयले फूटसलमा भाग लिएका थिए । प्रत्येक नगरबाट ४ टिम गरी सोह्र टिमबीच जिल्लास्तरीय प्रतियोगिता हुने बरिष्ठ उपाध्यक्ष कस्पालको भनाइ छ । जिल्लाबाट छानिएका टिम प्रदेशमा छनौट हुनेछन । बरिष्ठ उपाध्यक्ष कस्पालले विद्यार्थीमा फूटबलप्रतिको लगाव बढाउँन र खेलको विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने बिश्वास व्यक्त गरेका छन् ।

    बिजयी विद्यालय र खेलाडीहरुलाई पुरस्कृत गर्दै प्रमुख अतिथि रहेका चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले विद्यालय र विद्यार्थीहरुले पढाई संगसंगै खेलकुदलाई पनि अघि बढाउनुपर्ने बताए । खेलले व्यक्तिको स्वास्थ्य राम्रो हुने र फूर्तिलो बनाउने उनको भनाइ छ । नगरपालिकाले खेलकुदलाई महत्वका साथ् बजेट बिनियोजन गरेको जानकारी गराउदै उनले खेलाडीहरुले नगरपालिकालाई देश बिदेशमा चिनाउन मद्दत गर्ने बताएका छन् ।

    पुरस्कार वितरण समारोहमा वडा नम्बर २ का वडाध्यक्ष सोमप्रसाद प्रधान, प्याब्सनका पूर्व जिल्ला अध्यक्ष श्रीकृष्ण केसी लगायतको समेत आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...