News Portal

  • जिल्लाब्यापी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता पुस २७ देखि

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १७ पुस २०८०
    २१७ पटक
    भक्तपुर, १७ पुस २०८०

    भक्तपुरमा विद्यालय स्तरीय जिल्लाब्यापी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता पुस २७ गतेदेखि शुरु हुने भएको छ । ४ वटै नगरपालिकाले नगर स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सम्पन्न गरेसंगै पुस २७ गतेदेखि जिल्लास्तरीय प्रतियोगिता शुरु हुने भएको हो ।

    मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा सम्पन्न बैठकले सो निर्णय गरेको जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष दीपक थापाले जनाएका हुन् । पुस २७ देखि २९ गते सम्म संचालन हुने उक्त प्रतियोगितामा नगरपालिकाहरुबाट बिजयी भएर आएका खेलाडी र खेल टोलीबीच प्रतिष्पर्धा हुने उनले बताएका छन् ।

    प्रतियोगितामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु , कराते, कबड्डी लगायतका खेल हुने अध्यक्ष थापाले बताए ।

    बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ त्यसैगरी नगरपालिकाका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरू, नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, प्याब्सनका सचिव विजय कर्मचार्य, भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डी संघका अध्यक्षहरु लगायतको आतिथ्यता रहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...