News Portal

  • अनेसास दिवसमा लव गाउँले र दुर्गा खरेल सम्मानित

    इभक्तपुर संवाददाता
    १५८ पटक

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ३३ औँ स्थापना दिवस नेपाल च्याप्टरले भव्य रुपले मनाएको छ । यस अवसरमा नेपाल च्याप्टरले अनेसासका संस्थापक सदस्य तथा नेपाल च्याप्टरका प्रथम अध्यक्ष लव गाउँले र दार्जिलिङ निवासी प्रसिद्ध गीतकार दुर्गा खरेललाई सम्मान गरेको छ ।

    जनवरी ११ का दिनलाई अनेसासले दिवसको रुपमा मनाउने निर्णय गरेपछि अनेसासले यो स्थापना दिवसको आरम्भ वर्षको रुपमा मनाएको छ ।

    अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तुलसी दिवस थिए भने उपस्थित अतिथिहरुलाई नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मञ्जिला शर्माले स्वागत मन्तव्य गरेकी थिइन् ।

    अनेसासका केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, केन्द्रीय महासचिव विमला निरौला, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, प्राज्ञिक समितिका सदस्य कृष्ण भण्डारीले शुभकामना मन्तव्य दिएका थिए भने सम्मानित व्यक्तित्व गीतकार दुर्गा खरेलको विषयमा समालोचक महेश पौड्यालले आफ्नो मन्तव्य राखेका थिए ।

    महासचिव निरौलाद्वारा अनेसासको आरम्भ वर्षको यस स्थापना दिवस सबैभन्दा अगाडि नेपाल च्याप्टरले मनाउन पुगेको कुरा उल्लेख गर्दै अनेसास केन्द्र वर्तमान कार्यसमितिका कार्यकालका उपलब्धिका विषयमा प्रष्ट पारिएको थियो ।

    उपाध्यक्ष डा. सोलुबाट कविता वाचनका साथै अनेसासको विषयमा आफ्नो धारण प्रस्तुत गरिएको थियो ।

    अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले सम्मानित गाउँलेको प्रशंसा गर्दै अनेसास बिओटी र कार्यसमितिका विषयमा आफ्नो धारणा राखेका थिए । त्यसै गरी अनेसास प्राज्ञिक समितिका भण्डारीलगायत उपस्थित सबैले आआफ्ना कविता वाचन गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथ तुलसी दिवसले अनेसासको महत्व र यसले गरेका कार्यहरुको खुलेर प्रशंसा गर्दै स्थापना दिवस मनाउने शुरुवात गर्नु यस कार्यकालको उपलब्धीपूर्ण कार्य भएको धारण व्यक्त गरेका थिए ।

    अनेसा नेपाल च्याप्टरकी महासचिव रञ्जना निरौलाद्वारा सञ्चालन गरिएको स्थापना दिवस कार्यक्रमको अन्त्यमा दीप प्रज्ज्वलन तथा केक काटिएर मनाइएको थियो । कार्यक्रमको समापन तथा धन्यवाद दिने क्रममा नेपाल च्याप्टरका अध्यक्ष एवं कार्यक्रम सभापतिले अनेसास र नेपाल च्याप्टरको विषयमा बोल्दै आगामी कार्यक्रमहरुका बारेमा प्रष्ट पारी कार्यक्रमलाई विसर्जन गरेका थिए ।

    कार्यक्रममा अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहाल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, जापान च्याप्टरका सल्लाहकार बुना दाहाललगायत उपत्यकामा रहेका साहित्कारहरु, पत्रकारहरुको उल्लेख्य उपस्थितले कार्यक्रमस्थल सामाजिक विकास भवनको हल खचाखच भएको  थियो ।

    प्रतिकृया दिनुहोस्

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...