News Portal

  • अनेसास गर्यो नवरत्न पुरस्कार हस्तान्तरण

    इभक्तपुर संवाददाता
    १४९ पटक

    २०८० माग १४ ।
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासले नवरत्न पुरस्कार २०२३ बाट पुरस्कृतहरूलाई पुरस्कारसहित प्रमाणपत्र समर्पण गरेको छ ।

    अनेसासको नियमित  ‘अनेसास संवाद’ कार्यक्रममा उक्त पुरस्कार  हस्तान्तरण भएको हो । पुरस्कृत हुनेहरूमा साहित्यतर्फ अनु शाह (बोस्टन, अमेरिका), आचार्य प्रभा  (कोलोराडो, अमेरिका), ज्योति राई (न्युयोर्क, अमेरिका), माया गुरुङ (बेलायत), रीतादेवी प्रधान (क्यालिफोर्निया, अमेरिका), शान्ता घिमिरे (न्युजर्सी, अमेरिका), डा. संगीता स्वेच्छा (युरोप) र समासेवातर्फ मंजु कार्की संग्रौला (डीसी, अमेरिका) र सुनिता डंगोल (नेपाल) नौ रत्न रहेका छन् ।

    अनेसासका केन्द्रीय सदस्य तारा अधिकारीको संयोजकत्वमा गठन भएको नवरत्न पुरस्कार समितिले गत महिना पुरस्कृतहरूको घोषणा गरेको थियो ।

    नवरत्न पुरस्कार समितिको संयोजक तारा अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित अतिथिहरुलाई नवरत्न पुरस्कार समितिका सदस्य पुनम काफ्ले स्वागत गरेकी थिइन् ।

    अनेसास महासचिव विमला निरौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा अनेसासका अध्यक्ष गोवर्द्धन पूजा, अनेसास बिओटीका सभापति पदम विश्वकर्मा, अनेसास सल्लाहकार भारती गौतम, अनेसास बिओटीका सल्लाहकार रोहिणी शर्मा, तीर्थ अधिकारी, अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौलाले पुरस्कारको स्थापनाको उद्देश्य र महत्वको विषयमा बोल्दै पुरस्कृतहरुलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    त्यसैगरी पुरस्कृतहरुको तर्फबाट डा. संगीता स्वेच्छा, शान्ता घिमिरे अधिकारी, मञ्जु कार्की संग्रौला, रीतादेवी प्रधान, आचार्य प्रभा, माया गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

    त्यस्तै पुरस्कारदाता रमेश गुरुङ, मीरा कोइरालाले पुरस्कृतहरुलाई बधाईसहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...