News Portal

  • अन्ना स्टिरले पाउने भइन् यो वर्षको कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

    रमेश दाहाल ६ फागुन २०८०
    १७६ पटक
    ६ फागुन २०८०

    फलेवास पर्वत । कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।

    कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो ।

    नेपाली लोकगीतको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अव्दितीय योगदान पुर्याएकी उनी हवाई विश्विद्यालय सं.रा. अमेरिकाका सहप्राध्यापक एवं सोही विश्व विद्यालयको South Asian Studies का निर्देशक हुन् ।

    विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मानपत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

    यसअघि सत्यमोहन जोशी-(२०७५), कृष्ण कँडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चूडामणि बन्धु- (२०७८) र कुमार बस्नेत- (२०७९) लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नगरिक अन्ना स्टिर भएकी छिन् ।

    स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तीसमेत वितरण गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...