News Portal

  • शिल्पीमा नगरकोटीको ‘व थर्टी–थ्री’

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ चैैत २०८०
    ४२९ पटक
    भक्तपुर, १९ चैैत २०८०

    कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो। नाटक हेर्न दुई सयभन्दा बढी दर्शक आएका थिए।

    नाटकमा नोभलका विभिन्न पात्र रङ्गमञ्चमा जीवन्त बनी आएका थिए। डा. वाग्ले र जङ्गबहादुर राणाका अङ्गरक्षकलगायत नोभलका पात्रहरूसँग दर्शकलाई परिचय गराइएको थियो। नाटकले दर्शकलाई वैकल्पिक संसारमा पु¥यायो, जहाँ जङ्गबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर वल्र्ड हेरिटेज प्लाजामा जीवित छन्। हरेक वर्ष जङ्गबहादुर राणाका अङ्गरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन्। सोही सन्दर्भमा डा. वाग्लेले नोभलका केही कथा दर्शकलाई सुनाउँछन्।

    नाटकीय प्रस्तुतिले नयाँ नोभलप्रतिको उत्सुकतालाई झनै बढाएको थियो। दर्शकहरूले उक्त प्रस्तुतिलाई निकै मन पराएका थिए।

    नाटक सकिएपछि लेखक कुमार नगरकोटीले धन्यवाद मन्तव्य राखे। नोभल निर्माणमा लामो समय लागेको उनको भनाइ छ। ‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैं लाग्थ्यो। त्यसैले ‘व थर्टी–थ्री’ लेख्न थालें,’ उनले भने।

    नगरकोटीका अनुसार उपन्यासले वैकल्पिक इतिहास चित्रण गर्दछ। आफूले प्रायः लेख्ने सर्रियल फ्यान्टासी विधालाई यसमा निरन्तरता दिएको उनले जनाए। नोभलको सुन्दर चित्रणका लागि शिल्पी थिएटर समूहलाई उनले धन्यवाद दिए। उनले आफ्नो लेखन यात्रामा सहयोग गर्ने विभिन्न व्यक्तिलाई पनि उनले सम्झिए।

    ‘मेरो लेखन यात्रा २५ वर्ष पुगेको छ। यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’ उनले भने। पुस्तक विमोचनलाई यस्तो रचनात्मक रूपमा मनाउन पाउँदा खुसी लागेको पनि उनको भनाइ छ। आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली चलचित्र लेखिरहेको पनि उनले जनाए।

    कुमार नगरकोटी कवि, निबन्धकार, उपन्यासकार, लघुकथा लेखक हुन्, जो आफ्नो भिन्न जीवनशैली र कथाका लागि परिचित छन्।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...