News Portal

  • अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न इमरान खानको आवेदन

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, ४ भदौ २०८१
    १३६ पटक
    भक्तपुर, ४ भदौ २०८१

    लन्डन, ४ भदौं  २०८१ । एक वर्षदेखि पाकिस्तानको जेलमा रहेका इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् ।

    इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन ।

    बुखारीले भने कि इमरान चुनाव लड्न राजी भएका छन । उनले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर चुनाव २०२४ को लागि आवेदन फारम बुझाएका छन्। यो निर्वाचन अक्टोबर २८ मा हुदैँछ । अक्सफोर्डको ८०० वर्षको इतिहासमा पहिलो पटक चान्सलरको निर्वाचनका लागि अनलाइन भोटिङ हुने भएको छ ।

    बुखारीले भने, ‘यदि उनी चान्सलर बने भने उनी एसियाली मूलको पहिलो व्यक्ति हुनेछन्। यो पाकिस्तानका लागि मात्र नभई सम्पूर्ण एसिया र बाँकी विश्वका लागि ठूलो उपलब्धि हुनेछ।’

    इमरान अक्सफोर्डका विद्यार्थी हुन्
    चुनाव लड्नका लागि अगस्ट १८ सम्म दर्ता हुनुपर्नेछ । अक्सफोर्डले अक्टोबरको सुरुमा उम्मेदवारहरूको सूची जारी गर्ने जनाएको छ। अक्सफोर्डले अन्तिम सूची सार्वजनिक गरेको छैन तर केही रिपोर्टका अनुसार पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर, थेरेसा मे र बोरिस जोन्सन पनि चुनाव लड्ने भएका छन् ।

    इमरान खान अक्सफोर्डका विद्यार्थी हुन् । उनले अक्सफोर्ड विश्वविद्यालयको केबल कलेजबाट सन् १९७२ मा अर्थशास्त्रमा डिग्री हासिल गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...