News Portal

  • दारी ग्याङ खुला फुटसल प्रतियोगितामा प्रदिप एफसी भक्तपुर प्रथम

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १५ भदौ २०८१
    २३७ पटक
    भक्तपुर, १५ भदौ २०८१

    प्रथम दारी ग्याङ खुला फुटसल प्रतियोगिताको उपाधी प्रदिप एफ सी भक्तपुरले हात पारेको छ । शनिबार भएको फाइनल भिडन्तमा प्रदिप एफ सीले फुलमाया एफ सीलाई ३–० ले हराउँदै उपाधी उचाल्न सफल भएको हो ।

    काठमाडौंको कपनस्थित कान्तिपुर फुटसलको खेल मैदानमा सम्पन्न फाइनल खेलमा प्रदिप एफ सीको तर्फ़बाट सुदर्शन श्रेष्ठ, महेन्द्र कार्की र रितेश लामाले समान १/१गोल गर्दै उपाधी दिलाएका हुन् । फाइनल खेलको म्यान अफ़ द म्याच भने प्रदिप एफ सीका रितेश लामा घोषित भएका छन् ।

    विजेता बनेको प्रदिप एफ सीले उपाधीसहित नगद रु ५० हजार हात पार्यो भने उपविजेता फुलमायाले ३० हजारमा चित्त बुझाएको छ । विजयी खेलाडीहरुलाई पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले पुरस्कृत गरेका छन् ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रदिप एफ सीका सुदर्शन श्रेष्ठ चुनिए । उत्कृष्ट गोलरक्षक भने फुलमाया क्लबका गोलरक्षकको पोल्टामा पर्यो । दारी ग्याङ केन्द्रीय समितिको आयोजनामा भएको २ दिने खुला फुटसल प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएका आयोजकको भनाइ छ ।

    विजेता टोली प्रदिप एफ सीका प्रशिक्षक प्रदिप ढकालले आफ्नो टीमको मिहिनेत र सहयोगी मनहरुको आशिर्वादले सफलता हात पारेको प्रतिक्रिया दिएका छन् । उनले सहयोगी, समर्थक र शुभचिन्तकलाई धन्यवाद ज्ञापन गरे । जापानबाट सम्झेर प्रदिप एफ सी भक्तपुरलाई आर्थिक सहयोग गर्ने बिश्व थिंङप्रति उनले बिशेष आभार प्रकट गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...