News Portal

  • पारा ओलम्पिकबाट काश्य पदक ल्याएकी पलेशाको उच्च सम्मान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, १९ भदौ २०८१
    ८३ पटक
    भक्तपुर, १९ भदौ २०८१

    फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिकमा काश्य पदक विजेता बनेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन स्वदेश फर्किएकी छन् । पलेशाले पेरिस पारालम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै काश्य पदक जितेकी थिइन् ।

    पलेशालाई बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई पञ्चेबाजासहित स्वागत गरिएको थियो । पलेशाको स्वागतमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीहरु विमानस्थल पुगेका थिए ।

    विमानस्थलबाट पलेशालाई काठमाडौं महानगर परिक्रमा गराइएको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले पलेशासहितको टोलीलाई सम्मान गरेका छन् । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा प्रथम महिला सविता पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    पलेशालाई बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरका मेयर बालेन्द्र साह लगायतले पनि सम्मान गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...