News Portal

  • सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २२ भदौ २०८१
    ३४७ पटक
    भक्तपुर, २२ भदौ २०८१

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित द बिन्ज एण्ड बाइट्ज क्याफेमा आयोजित काब्यिक शृङ्खलामा उनीहरूले आफ्ना पाँच-पाँच कविता सुनाएका हुन् ।

    भर्खरै डोरम्याट कविता सञ्चनसहित प्रकाशन गरेका कवि तथा नियात्राकार छविरमण सिलवालले रङ, धुवाँको सिँढी, रूख, यो पृथ्वी कसको हो र जब ठेकेदार हराउँछन् कविता सुनाए । विभिन्न समय र घटनाक्रमका साथै भोगाइ र अनूभूतिजन्य कवितालाई हृदयले लेख्नसक्ने कवि छविरमणका कोमल कविता सबैले मन पराए ।

    त्यस्तै, कवि दिलकुमारी डङ्गोलले -दुर्गन्धको पर्खाल, धमिराहरूको म्याराथन, कालोकोट, शालिक र म, सुन्दर रात कवितामार्फत समसामयिक राजनीति र आफूलाई मन पर्ने जीवनको रङ कवितामार्फत प्रस्तुत गरिन्।

    कवि सिजन श्रेष्ठले – उड्ने खोलो, तिम्रो नाम, मानिसको अनुवाद, बोध एक अन्तर्य र पाटन शीर्षकमा प्रस्तुत गरे । उनीहरू सबैका कविताले सहभागीको मन छोएको देखिन्थ्यो ।

    कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सो अवसरमा कवि कमला डिसीको बोनस रचना पनि बाचन गरिएको थियो । मोफसलकी डिसीले आफ्ना केही मुक्तक र एक कविता प्रस्तुत गरिन ।

    चाक्लाफल्चाको सह आयोजनामा सम्पन्न सँझ्या: साहित्यको यो शृङ्खलामा कवि छविरमण सिलवाल र वसन्त कार्कीले स्वागत सत्कारको प्रवन्धमा साथ दिएका थिए ।

    ‘कला र कविताको पक्षमा’ भन्ने उद्गार सहित शुरु गरिएको सँझ्या: साहित्यको साहित्यिक यात्रामा सयौं साहित्यकार यात्रारत छन् । प्रत्येक महिनाको अन्तिम शुक्रवार कविता सुन्ने र सुनाउनेहरुको संगम बन्दै आएको छ ।

    कविहरू अभय श्रेष्ठ, रामगोपाल आशुतोष, हरिहर तिमिल्सिना, नविनप्रकाश लगायतको सक्रियतामा सँझ्या: साहित्य सञ्चालन हुँदै आएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...

    एनप्याब्सनको लोकनृत्य प्रतियोगितामा पारागन प्रथम, पछिपछि यूनिटी र सरस्वती

    नेसनल प्याव्सन भक्तपुर अन्तर्गतका विद्यालयस्तरीय सामुहिक लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कमलविनायक स्थित...

    नि:शुल्क सीपमुलक तालीमको अवसर, थिमिस्थित बालप्रेमी माविमा ब्युटिसियनको तालीम हुने

    बागमती प्रदेश सरकारले नि:शुल्क सीपमुलक तालीम दिने भएको छ । बागमती प्रदेश सरकार मातहत रहेको...

    डान्स रियालिटी सो प्रतिभाको आँगनमा बिजेता बनिन् सुकृति श्रेष्ठ

    नमस्ते ख्वप टेलिभिजनको डान्स रियालिटी सो ‘प्रतिभाको आँगन’ मा सुकृति श्रेष्ठ बिजेता बनेकी छन् ।...

    मनाइदै इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा

    वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ...