News Portal

  • कारको ठक्करबाट गयो ३५ जनाको ज्यान

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २७ कार्तिक २०८१
    २८८ पटक
    भक्तपुर, २७ कार्तिक २०८१

    छिमेकी राष्ट्र चीनमा कारको ठक्करबाट ३५ जनाको ज्यान गएको छ । चीनको झुहाईस्थित जुखाई स्पोर्ट्स सेन्टरमा कसरत गरिरहेका मानिसहरूको भीडलाई कारले ठक्कर दिँदा सोमबार सो हताहती भएको हो ।

    दुर्घटनामा ४३ जना घाइते भएका छन्। एक ६२ वर्षीय चालकले मानिसहरूको भीडमा कार कुदाउँदा दुर्घटना भएको चिनिया सञ्चारमाध्यमहरूले जनाएका छन्।

    प्रत्यक्षदर्शीले तीव्र गतिमा आएको कार अचानक भिडमा जोतिएको र धेरै जनालाई लडाएको बताए ।

    कार चलाउने ती पुरुष हालै भएको सम्बन्धविच्छेदको घटनामा सम्पत्ति बाँड्न परेकोमा दुःखी रहेका प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीलाई उद्घृत गार्डे बिबिसीले बताएको छ । कार चालक हाल कोमामा रहेकाले अनुसन्धान जटिल बनेको छ ।

    चिनियाँ राष्ट्रपति सी जिन्पिङले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै दोषीलाई कडा कारवाही गर्न र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...