News Portal

  • १० मिटर एयर राइफलमा सुस्मिता सबैभन्दा अगाडि

    अनलाइनपर्दा संवाददाता
    ११५२ पटक

    काठमाडौँ । मध्यमाञ्चलकी सुस्मिता नेपालले राखेप च्याम्पियनसिपअन्तर्गत २३ औँ पुरुष तथा २२ औँ महिला राष्ट्रिय सुटिङ प्रतियोगिताको पहिलो दिन आज महिला १० मिटर एयर राइफलमा ३८३ अंकको अग्रता बनाएकी छिन् ।

    ‘डेब्यु’ राष्ट्रिय प्रतियोगिता खेलिरहेकी सुस्मिताले ४०० पूर्णाङ्कमा ३८३ अंक जोड्दै पहिलो दिनको खेल सकिँदा पहिलो स्थान हात पारेकी हुन् । ओलम्पियन एवं यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी पश्चिमाञ्चलकी स्नेहा राज्यलक्ष्मी राणा पनि त्यत्तिनै अंकसाथ दोस्रो स्थानमा छिन् ।

    यो स्पर्धामा स्नेहाको नाममा ३८९ अंकको राष्ट्रिय कीर्तिमान छ । ‘लास्ट सिरिज’ मा सुस्मिता स्नेहाभन्दा २ अंक बढी जोड्दै पहिलो स्थानमा छिन् । ‘लास्ट सिरिज’ मा सुस्मिताले ९६ र स्नेहाले ९४ अंक जोडेकी थिइन् ।

    अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी तेस्रो स्थानमा छिन् । फुलमायाको ३७७ अंक छ । पुरुष १० मिटर एयर राइफलको ६०० मा पश्चिमाञ्चलका धनबहादुर विक (५७४ अंक), मध्यपश्चिमाञ्चलका अर्नभ घिमिरे (५६० अंक) तथा आर्मीका कुमार कार्की (५६० अंक) क्रमशः पहिलोदेखि तेस्रोे स्थानमा छन् ।

    अर्नभ र कुमारको समान अंक भए पनि ‘लास्ट सिरिज’ मा अर्नभले ९४ र कुमारले ९२ अंक जोडेका थिए । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको सुटिङ रेन्जमा भएको पुरुष १० मिटर एयर पेस्तोलको ६०० मा ५४३ अंक जोड्दै नेपाल आर्मीका कुँवेर केसी पहिलो स्थानमा छन् । पाँचसय २४ अंकसाथ पूर्वाञ्चलका शत्रुघन दास दोस्रो तथा ४६३ अंकसाथ मध्यपश्चिमाञ्चलका मोहम्मद नुर अहमद अन्सारी तेस्रोे स्थानमा छन् ।

    सोही स्पर्धाको महिलामा आर्मीकी सरिता बस्नेतले ३५८, मध्यमाञ्चलकी रुविना श्रेष्ठले ३४३ तथा प्रहरीकी सीमा चौधरीले ३३१ अंकको प्रदर्शन गरे । उक्त स्पर्धा ४०० पूर्णाङ्कको थियो ।

    आ–आफ्नो स्पर्धामा सहभागी सबै खेलाडीको प्रतिस्पर्धा सकिएपछि शीर्ष पाँच स्थान हात पार्ने खेलाडीलाई पुनःफाइनलमा प्रतिस्पर्धा गराइनेछ । फाइनल २४० अंकको हुनेछ । उक्त प्रतियोगिताको नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...