News Portal

  • सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुगे काभ्रे बोर्डर र माउन्ट भ्याली

    ११६३ पटक

    भक्तपुर, २७ पुस । काभ्रे बोर्डर र भक्तपुरको माउन्ट भ्याली फुटबल क्लब भक्तपुरमा जारी सुटर्स कप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् ।

    सुटर्स फुटसल क्लबद्वारा आयोजित उपत्यकाव्यापी खुला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएका सेमिफाइनलमा जीत हात पार्दै काभ्रे बोर्डर र माउन्ट भ्याली उपाधि नजिक पुगेका हुन् ।

    भक्तपुरको माहेश्वरी खेल मैदानमा जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा खेलमा काभ्रे बोर्डरले काठमाडौंस्थित राई फुटबल क्लबलाई ३–१ गोलले पन्छाएको हो ।खेलको ११ औं मिनेटमा सुबेट लामाले गोल गर्दै काभ्रे बोर्डरले सुरुवाती अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक उक्त खेलको दोस्रो हाफको १७ औं मिनेटमा वीरेन्द्र थापा र २२ औं मिनेटमा रवि पासवानले एकएक गोल थप्दै काभ्रे बोर्डरको अग्रता तेब्बर पारेका थिए ।

    दोस्रो हाफको २८ औं मिनेटमा राईको लागि सुनिल वाइबाले एक गोल फर्काए । बिहीबार नै भएको अन्तिम सेमिफाइनलमा भक्तपुर युनाइटेडलाई १–० गोलले हराउँदै माउन्ट भ्यालीले फाइनलमा ठाउँ पक्का ग¥यो । दुई नाइजेरियन र एकजना बुर्किनाफासोका खेलाडी खेलाएको भक्तपुर युनाइटेडलाई एकजना नाइजेरियन खेलाडी खेलाइको माउन्ट भ्यालीले जीत हात पारेको हो ।

    अत्यन्त प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको छैटौं मिनेटमा नाइजेरियन खेलाडी जोनाह ग्लोरीले गोल गर्दै माउन्ट भ्यालीलाई अग्रता दिए ।पहिलो गोलपछि खेल झन् रोचक एवं प्रतिस्पर्धात्मक हुन पुगेको थियो । माउन्ट भ्यालीबाट गोल भएपछि दबाबमा आएको भक्तपुर युनाइटेडका खेलाडी आक्रामक बने ।

    जसअनुसार माउन्ट भ्यालीको पोस्ट चार्ज गरेको भक्तपुर युनाइटेडको आधा दर्जनभन्दा बढी प्रहार खेर गएको थियो । माउन्ट भ्यालीका गोलकिपरले करिब तीनवटा प्रहार रोक्दा भक्तपुर युनाइटेड हार स्वीकार गर्न बाध्य भएको थियो ।काठमाडौं उपत्यका र काभ्रेका २४ वटा फुटबल क्लबको सहभागिता रहेको प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण शनिबार हुने आयोजक सुटर्स फुटसलका अध्यक्ष रमेश सुवालले जानकारी दिए ।

    उनका अनुसार प्रतियोगिताका विजेताले उपाधिसँगै नगद ५५ हजार पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले शिल्ड र मेडलसँगै नगद २५ हजार हात पार्ने प्रतियोगिताका संयोजक किशोर धुकुछुले बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...