News Portal

  • भूकम्पको बेला भक्तपुरको जेँला टोलमा च्यापिएका २१ जनाको जीवितै उद्धार गर्ने युवालाई श्रीलंकामा सम्मान

    इभक्तपुर संवाददाता
    १९०९ पटक

    भक्तपुर, २८ पुस । महाभूकम्पको बेला आफ्नो ज्यानको परवाह नगरी अरुको ज्यान बचाए वापत एक युवा सम्मानित भएका छन । भक्तपुरमा उनले देखाएको बहादुरी वापत छिमेकी मुलुक श्रीलंकाले उनलाई सम्मान गरेको हो ।

    युवा लक्ष्मीसुन्दर गाइञ्जुलाइ श्रीलंकामा ‘नागरिक वीरता स्वर्ण पदक’द्वारा सम्मानित गरियो ।

    उनलाई श्रीलंकाको राजधानी कोलम्बोमा बुधबार आयोजित एक विशेष समारोहका बीच त्यहाँका सभामुख करु जयसूर्याले सम्मान ‘नागरिक वीरता स्वर्ण पदक’ द्वारा सम्मान गरेका हुन् । सो सम्मान पाउने गाइञ्जु पहिलो नेपाली नागरिक हुन् ।

    सभामुख जयसूर्याले मानवीय कार्यालाई उत्प्रेरित गराउने यस्तो पदक प्रदान गर्न पाउँदा आफूलाई ठूलो सन्तोष मिलेको बताएका थिए भने उक्त कार्यक्रममा मनोनयनकर्ताका तर्फबाट विशेष रुपमा आमन्त्रित डा दिनेशराज भुजुले गाइञ्जु असल र हिम्मति युवाहरुको प्रतिनिधि पात्र मात्र भएको र यस्ता धेरै युवाले भूकम्पको बेलामा वीरता प्रदर्शन गरेको जानकारी गराएका थिए ।

    सम्मानित गाइञ्जुले २०७२ साल वैशाख १२ गतेको भूकम्प गएपछि उक्त दिन भक्तपुरको जेँला टोलमा भूकम्पले घर भत्किएर च्यापिएका ८ परिवारका २१ जनाको जीवितै उद्धार गरेका थिए । उनी भूकम्पपछि पनि निरन्तर पीडितको सेवामा खटिँदै आएका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...