News Portal

  • पूर्ण साक्षर घोषणा भएको जिल्लामा कम्मल बाड्न गएका प्रजिअ बने परेशान

    धादिङ, २ माघ
    ११०७ पटक
    धादिङ, २ माघ

    अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ ।

    तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको अवस्था देखेर तीनछक परे । राहत लिन आएका १ सय २५ चेपाङ युवामध्ये ९० जनाले ल्याप्चे नै लगाएर सामग्री बुझ्दा सहायक प्रजिअ ढकालले ‘पूर्ण साक्षर’ जिल्लाको वास्तविकता बल्ल थाहा पाए । ‘राजमार्ग र देशको राजधानी नजिकैको पूर्ण साक्षर जिल्लाका विपन्न चेपाङ अझै जस्ताका तस्तै होलान् भनेर मैले सोचेको पनि थिइनँ,’ ढकालले भने, ‘पढ्ने उमेरका युवायुवतीसमेतले नपढेको देख्दा शिक्षा क्षेत्रमा गरिएको लगानीको उपादेयताबारे पुनर्विचार गरिनुपर्ने देखें ।’

    हचुवा तथ्यांकका भरमा हतारमा पूर्ण साक्षर जिल्ला घोषणा गरिएको यो घटनाले पुष्टि गर्छ । २०७१ मा निकै तामझामका साथ धादिङलाई पूर्ण साक्षर घोषणा गरिएको थियो । यसका लागि जिल्ला शिक्षा कार्यालय र अन्य संघसंस्थाहरूले करोडौं रकम खर्चेका थिए । त्यतिबेला जिल्लामा ९८ दशमलव ४ प्रतिशत प्रौढहरूले नेपाली अक्षर चिन्ने र आफ्नो नाम लेख्न सक्ने तथ्यांक पेस गरियो ।

    तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले २०७१ असार २९ मा फोनबाटै पूर्ण साक्षर घोषणा गरेकी थिइन् । तर जिल्लाको यथार्थ चित्र भने निकै फरक छ । उत्तरी धादिङका तामाङ बस्ती र दक्षिण धादिङका चेपाङ बस्तीमा अझै धेरै व्यक्ति निरक्षर छन् । भूकम्पपीडित लाभग्राहीले पाउने पहिलो किस्ताको रकम लिन खोलेको अधिकांश बैंक खाता पनि ल्याप्चेका भरमा छन् ।

    ‘एउटै गाविस सुगम पनि छ र निकै दुर्गम पनि छ,’ स्थानीय संस्था प्रयास नेपालका पूर्वअध्यक्षसमेत रहेका शिक्षक कृष्ण चेपाङले भने, ‘९ घण्टा पैदल हिँडेर राजमार्ग पुग्ने चेपाङबस्तीका बासिन्दा कसरी उँभो लाग्नु ?’

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...