News Portal

  • एमाले टुङ्गो लगायो सातवटै प्रदेशका उमेदवारको नामावली

    भक्तपुर, ९ माघ
    ८७० पटक
    भक्तपुर, ९ माघ

    नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज मध्याह्नबाट शुरु भएको स्थायी कमिटीको ९६औँ बैठकले नामावली टुङ्ग्याएको एमाले सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    बैठकले १ नं प्रदेशबाट पाँच, २ नं प्रदेशबाट एक, ३ नं प्रदेशबाट छ र ४ नं प्रदेशबाट चार गरी १६ जनाको नाम टुंगो लगाएको हो । प्रदेश नं १ बाट नैनकला ओझा (महिला) मोरङ, खेम नेपाली (दलित) मोरङ, हरिचरण सिवाकोटी (खुला) झापा, परशुमेघी गुरुङ (खुला) संखुवासभा र अगम बान्तवा (अल्पसंख्यक) इलाम रहेका छन्।

    त्यस्तै प्रदेश नं २ बाट सुमन प्याकुरेल (खुला) सप्तरी मात्र रहनु भएको छ भने प्रदेश नं ३ बाट पार्वती रावल (महिला) चितवन, उदया शर्मा (महिला) काठमाडौँ, सिंहबहादुर विक (दलित) सिन्धुपाल्चोक, बलराम बाँस्कोटा (खुला) काठमाडौँ, बेदुराम भुसाल (खुला) काठमाडौँ र रामचन्द्र राई दनुवार (अल्पसंख्यक) मकवानपुर रहेका छन् । यस्तै प्रदेश नं ४ बाट रामबहादुर थापा (अपांगता) स्याङ्जा, गणेश तिमिल्सिना (खुला) पर्वत, शान्ति अधिकारी (महिला) बागलुङ र दीपा गुरुङ (महिला) लमजुङ रहनु भएको विज्ञप्तिमा उल्लेख छ ।

    यसअघि सोमबार रातिसम्म चलेको बैठकले १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको थियो । जसमा ७ नं प्रदेशबाट चार, ५ नं प्रदेशबाट पाँच र ४ नं प्रदेशबाट चार जनाको नाम टुंगो लगाएको थियो । जसअनुसार प्रदेश नं ७ बाट कमला ओली (महिला) कैलाली, इन्दु कडेरिया विष्ट (महिला) कञ्चनपुर, शेरबहादुर कुँवर (खुला) अछाम, चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा रहेका छन् ।

    यसैगरी प्रदेश नं ६ बाट कविता बोगटी (महिला) हुम्ला, नन्दा शर्मा (महिला) सुर्खेत, नरपति लोहार (दलित) कालीकोट, भैरवसुन्दर श्रेष्ठ (खुला) जाजरकोट, ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुमलाई उम्मेदवार बनाएको छ ।

    प्रदेश नं ५ बाट रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी, खिमलाल भट्टराई (खुला) रुपन्देही, मीना बुढा (महिला) रोल्पा र कोमल वली (महिला) दाङलाई उम्मेदवार बनाइएको छ । माघ २४ गते हुने निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र)सँग तालमेल गरी २९ सदस्यमा उम्मेदवार दिने भएको छ । बैठकले राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनलाई विजयी गराउने निर्णयसमेत गरेको सचिव ज्ञवालीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...