नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधान मन्त्री शेर बहादुर देउवा निरिह बनेको बताएका छन । शुक्रवार ललितपुरको एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको लगाम देउबा संग नभएको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले जनादेश अनुसार सत्ता हस्तान्तरण गर्न समेत नदिने प्रयास भइरहेको खुलासा गर्दै नेपाललाई सुखी र समृद्ध भएको देख्न नचाहने शक्तिहरुले नै सत्ता हस्तान्तरण प्रक्रियामा पनि अवरोध पुर्याइरहेको दावी गरे ।
उनले मुलुकलाई स्थायित्व दिने, विकास निर्माणको कामलाई तीव्रता दिने र जनताको आकांक्षा सम्बोधन गर्ने चुनौती बामपन्थी नेतृत्वको सामू आएको समेत जिकिर गरे । बाम एकतामा भाजो हाल्न शक्ति केन्द्रहरु लागिपरेकाले त्यसलाई असफल बनाउन नेपाली जनताको बलियो एकताको आवश्यकतामा रहेकोमा जोड दिए ।