News Portal

  • श्रीमान् र दाजुलाई दिएको धोका लुकाउन खोज्ने देवर-भाइजुलाई सर्वस्व सहित जन्मकैद

    इभक्तपुर संवाददातापर्वत, १३ माघ
    ११०५ पटक
    पर्वत, १३ माघ

    देवर-भाउजुले आफ्नो अनैतिक सम्बन्धबाट जन्मिएको शिशुलाई हत्या गरेको प्रमाणित भएपछी दुबैजनालाई जेल चलान गरिएको छ । शुक्रवार पर्वत जिल्ला अदालतले उनीहरु दुबैलाई अपराधी करार गर्दै कैद सजाय सुनाएको हो ।

    जिल्ला न्यायाधीश ध्रुब प्रसाद सापकोटाको इजलासले शिशु हत्या गर्ने भाइजु मीना क्षेत्रीलाई सर्वस्वसहित जन्म कैद र देवर विजयराजलाई २० वर्ष जन्म कैदको फैसला गरेको छ ।

    फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीसंग अनैतिक सम्बन्धबाट शिशु जन्मिएपछि नजिकैको खेतमा खाल्डो खनेर गाडेकी थिइन् ।

    वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर मीना आफ्नै देवरसँग मस्तीमा डुबेकी थिइन् । श्रीमान् र दाजुलाई दिएको धोका लुकाउन ‘हत्या’जस्तो जघन्य अपराध गर्न समेत पछि नपरेका यी दुई देवर भाउजुले कलंकको टीका लगाउदै बाकी जीवन जेलमा बाच्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...