News Portal

  • प्रधानन्यायाधिसमाथि गुण्डागर्दीको गम्भीर आरोप : सुरक्षा माग गर्दै भण्डारी पुगे जिप्रका

    इभक्तपुर संवाददाताकाठमाडौँ, १७ माघ
    ९८५ पटक
    काठमाडौँ, १७ माघ

    प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीबाट आफ्नो ज्यानलाई खतरा भएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षाको माग गरेका छन । बुधवार जिल्ला प्रशासन कार्यालयमा भण्डारीले शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका हुन् ।

    डा गोविन्द केसीलाइ सर्बोच्चले मानहानीको मुद्दामा रातारात तानेपछि केसीको पक्षबाट उनले बहस गरेका थिए ।डा गोविन्द केसीको पक्षमा वकालत गरेकै कारण आफुलाई सिध्याइदिने धम्कि आएको जिकिर गर्दै भण्डारी जिप्रका पुगेका हुन् ।

    प्रधानन्यायाधीश र डा केसीको अदालती बहसमा विपक्षीका तर्फबाट वकालत गरेको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भण्डारीले आफ्नो निवेदनमा उल्लेख गरेका छन ।

    शंखमूलस्थित आफ्नो कार्यालयमा अज्ञात समूह आएर ज्यान मार्ने धम्की दिएको र मोबाइलबाट पनि पटकपटक धम्की आएको भण्डारीले जनाएका छन । भण्डारीले प्रधान न्यायाधिस पराजुलीले आफुलाई फोन गरेर देखाइदिने , सिध्याइदिने धम्कि दिनु र आफ्नो घर र अफिसमा आफुलाई थर्काउन गुण्डाहरु आउनु संयोग मात्र हुन नसक्ने भन्दै सुरक्षाको माग गरेपछि जिप्रकाले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन समेत दिइसकेको श्रोतले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...