News Portal

  • म्वाँइ खाएर फरार लुटेराहरु समातिए : गणतन्त्र दिवसमा उपहार पाएका थापामगर मुख्य योजनाकार

    इभक्तपुर संवाददाताभक्तपुर, १८ माघ
    १२८१ पटक
    arrestभक्तपुर, १८ माघ

    माघ ९ गते राती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा एक व्यवसायीको घरमा लुटपाट मच्चाएर फरार लुटेराहरु पक्राउ परेका छन । घटनाको एक सातामै महानगरीय अपराध महाशाखाको टोलीले डकैतीका मुख्य योजनकार सहित चार जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका ४० बर्षीय भोजबहादुर थापा मगर, सिन्धुलीको मरिन गाउँपालिका–८ बस्ने ४० बर्षीय मिलन भन्ने रत्नबहादुर तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–१ बस्ने २६ बर्षीय बिष्णु भन्ने अमृत तामाङ्ग र धुलिखेल नगरपालिका–१० बस्ने २७ बर्षीय सानुकान्छा व्लोन रहेका छन् ।
    प्रहरीले उनीहरूका साथबाट ६ तोला पगालेको सुनको ढिक्का, एक थान मोबाइल र मोटरसाइकल बरामद गरेको छ ।महाशाखाका अनुसार टोकल भन्ने रोहितबहादुर थापा, वाइवा भन्ने दीर्घबहादुर तामाङ र विनोद तामाङ फरार रहेका छन् ।

    लुटेरा समुहको नाइके रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका ४० बर्षीय भोजबहादुर थापा मगर रहेको प्रहरीले जानकारी गराएको छ । उनी पेशेबर डाँका भएको प्रहरीले बताएको छ । यस अघि पनि डाँका मुद्दामा जेल परेका थापा मगर र मिलन भन्ने रत्नबहादुर तामाङ यस भन्दा अगाडी पनि बिभिन्न डाँका तथा चोरी मुद्धामा संलग्न रहदै आएकोमा २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा जेलबाट छुटेको खुल्न आएको छ । गणतन्त्र दिवसको अवसरमा आचरण सुधार गरेको भन्दै गत जेठ १४ मा उनीहरुले कैद सजाय छुट पाएका थिए ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई डाँका गरी लगेको बिभिन्न धनमाल सहित उपत्यकाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    उनीहरुलाइ बुधबार डाँका चोरी मुद्धामा आवश्यक कानूनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा पठाएको अपराध महाशाखाले बताएको भएतापनि भक्तपुर प्रहरीले उक्त कुराको पुष्टी गरेको छैन् ।

    सिपाडोल बस्दै आएका व्यवसायी रामबहादुर तामाङको परिवारलाई हतियारधारी लुटेराहरुले फिल्मी शैलीमा लुटेर फरार भएका थिए ।

    माघ ९ गते मध्यरातमा अन्दाजी २:३० बजे भेन्टिलेसनको शिशा फोडेर मूल ढोका खोलेका लुटेराहरुले ब्यावसायी रामबहादुरको परिवारलाई पेस्तोल देखाई नियन्त्रणमा लिएका थिए । करीब १ दर्जनको संख्यामा रहेका लुटेराहरुले परिवारका सदस्यहरुलाई पेस्तोल देखाई डोरीले हातखुट्टा बाधेर नियन्त्रणमा लिएका थिए ।

    उनीहरुले करिब १८ तोला सुन, नगद रु १ लाख ६२ हजार , १० वटा मोबाइल सेट लगायत रु १४ लाख भन्दा बढीको धनमाल लुटेका थिए ।

    नकाब लगाएर आएका लुटेराहरुको पहिचान खुल्न नसक्दा प्रहरी परेशान बनेको थियो । समूहमा आएका लुटेराको नाइकेले पेस्तोल देखाएको, अर्को एकले पेस्तोल बोकेको र अन्यले खुकुरी, रड लगायतका घरेलु हतियार लिएर परीवारका सदस्यहरुमाथि कब्जा जमाई निस्फिक्री लुटपाट मच्चाएर फरार भएका थिए । जादाजादै एक लुटेराले पीडितका छोरालाई म्वाइ खाएर गएपछि पिडितको नजिकका व्यक्तिहरुप्रति प्रहरीले अनुसन्धान केन्द्रित गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...