News Portal

  • बिप्लवका कार्यकर्ताको करामत : बिबादित शर्माको घरमा तोडफोड, सम्पति राष्ट्रियकरणको माग

    इभक्तपुर संवाददाताकाठमाडौँ, २३ माघ
    ११०४ पटक
    काठमाडौँ, २३ माघ

    आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताले घेराउ र तोडफोड गरेका छन ।

    मंगलवार दिउसो सयौको संख्यामा उपस्थित नेकपाका कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा रहेको शर्माकाे घरलाई भ्रष्टाचारीको अखडा भएको भन्दै ढुंगा हानेका थिए । अाक्रमणबाट शर्माकाे घरका सीसाहरु फुट्नुको साथै झ्याल र ढोकामा ठूलाे क्षति पुगेकाे छ ।

    शर्माले कर फछ्र्यौट आयोगबाट २० अर्ब रुपैयाँ अनियमितता गरेकाे आरोप छ भने एनसेल बिक्री करमा समेत अर्बाै छुट दिन मुख्य भूमिका निर्वाह गरेकाे भनिएको छ ।

    नेकपाले उनकाे सम्पतीको स्रोत भ्रष्टाचार भएकोले राष्ट्रियकरण गर्न माग गरेकाे छ । शर्माको घरको गेटमा नेकपाले कालो ब्यानरमा आफ्नो माग झुन्ड्याएको छ । भ्रष्टाचार बिरोधी अभियान भन्दै नेकपाले बिबादित ब्यक्तिहरु माथि यस अघि पनि यस्ता कार्यक्रम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...