News Portal

  • भक्तपुरद्वारा किर्तिपुर पराजित, मध्यपुरले हेटौडालाई हरायो

    इभक्तपुर संवाददाताभक्तपुर, ३ फागुन
    १४०४ पटक
    भक्तपुर, ३ फागुन

    भक्तपुरमा जारी मेयर कम अन्तर नगरपालिका भलिबल प्रतियोगितामा बिहीवार ६ जोडी नगरपालिकाबीच भिडन्त भएको छ ।

    शहिद स्मृति खेल मैदान लगायत , विद्यालयहरुको खेल मैदानमा समेत गरि आज १२ बटा नगरपालिकाकाे प्रारम्भिक प्रतिष्पर्धा सकिएका हो । प्रतिस्पर्धामा २१ टीम सहभागी छन ।

    आयोजक भक्तपुर नगरपालिका आजको खेलमा बिजयी बनेको छ । भक्तपुरले किर्तिपुर नगरपालिकालाई ३ – ० को सोझो सेटमा पराजित गरेको हो । हेटौडा उपमहानगरपालिका र मध्यपुर थिमी नगरपालिका बीचको खेलमा मध्यपुर थिमीले हेटौडा उपमहानगरपालिका लाई ३-१ सेटको अन्तरले हरायो ।

    हेटौडाले हारेपनि मकवानपुरकै थाँहा नगरपालिका भने बिजयी भनेको छ । यसले धुलिखेल नगरपालिका लाई ३ – १ सेटले पछि पार्न सफल भयो । बनेपाले गोदावरीलाई ३ – १ सेटको अन्तरमा जित्यो ।

    त्यसैगरी ललितपुर उपमहानगरपालिकाले पनौती नगरपालिका लाई ३ – ० को सोझो सेटमा पराजयको स्वाद चखायो भने धनकुटालाई बुढा निलकण्ठले ३-१ को सेटमा हराएको छ

    प्रत्यक सेटमा प्राप्त स्कोर तलको तालिकामा हेर्नुहोला

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...