भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा शुक्रबार आयोजक भक्तपुर नगरपालिका र सूर्यबिनायकले बिजय प्राप्त गरेका छन् भने मध्यपुर पराजीत बन्न पुगेको छ ।
भक्तपुर नगरपालिकाले बीरगंजलाइ ३-0 को सोझो सेटमा हराएको छ । यस खेलमा भक्तपुरका खेलाडी बिजयराज बस्नेत ‘ म्यान अफ द म्याच’ घोषित भएका छन् । त्यसैगरी सूर्यबिनायक नगरपालिकाले शुक्रबार नवलपरासीको रामग्राम नगरपालिकालाइ नराम्रो पराजयको स्वाद चखाएको छ । सूर्यबिनायकले पनि तीनै सेटमा रामग्रामलाइ पराजित गरेको हो । खेलाडीको हाैसला बढाउन सूर्यबिनायकका मेयर बासुदेव थापा आफै खेल हेर्न पुगेका थिए ।
भक्तपुरका २ नगरपालिकाले जीतको नतिजा निकाल्दा मध्यपुर ठिमी नगरपालिका भने पराजीत बन्न पुगेक छ । बिहीबार हेटाैडालाइ जीतेको मध्यपुरले आजको खेलमा तीनै सेट गुमाउदै कैलालीको गोदावरी नगरपालिकासंग हार बेहोरेको हो ।
शुक्रबारको खेलको थप बिबरण हेर्न तलको तालिका हेर्नुस्