आइसीसी एक दिवसिय विश्वकप छनौट खेल्ने योग्यता बनाएको नेपालले आज जिम्मेवासंग जीतको लागि भिड्ने भएको छ । समुहको पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समय अनुसार दिउसो १:१५ बजेबाट क्विन्स स्पोर्टस क्लबको खेल मैदानमा खेल शुरु हुनेछ ।
२००८ को अन्डरनाइन्टिन विश्वकपमा नेपालले जिम्बावेलाई दुइ विकेटले पराजित गरेको इतिहास हो । सो वेला पनि नेपाली टिमको कप्तान पारस खड्कानै रहेका थिए । सो वेला नेपाल विरुद्ध खेलेका खेलाडी अहिले पनि जिम्बावे टोलीमा छन ।
नेपालको विश्वकप छनौटको खेल सेड्युल यस्तो छ :
४ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग