News Portal

  • हारमा ह्याट्रिक गरेपछि नेपाल सुपर सिक्समा पुग्ने सम्भावना समाप्त : बाँकी झिनो आशा यस्तो छ

    काठमाडौं, २६ फागुन
    १११५ पटक
    काठमाडौं, २६ फागुन

    आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले लगातार तेश्रो हार बेहोरेको छ। बुलावायो मैदानमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १९४ रन बनाएपछि १९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो। नेपाल यस अघि जिम्बाबे र स्कटल्याण्डसंग पराजित भैसकेको छ। अफगानिस्तानको पनि ४ खेल खेल्दा यो पहिलो जित हो।

    हार पछि नेपालको सुपर सिक्स चरण पुग्ने सम्भावना लगभग समाप्त भएको छ । समुह ‘बि’ मा अफगानिस्तान र हंगकंगले १/१ खेल जितेको छ। आजै भइरहेको खेलमा यदी हंगकंगले जिम्बाबेसंग हार बेहोर्ने हो भने अन्तिम खेलमा नेपाल र हंगकंग बीचको खेलले सुपर सिक्समा नेपाल, हंगकंग र अफगानिस्तानमा को सुपर सिक्स पुग्ने निर्णय गर्नेछ।

    नेपाल र हंगकंग बीच मार्च १२ मा खेल हुनेछ। १ जित हाँसिल गरिसकेकोले हंगकंगले नेपाललाई पराजित गरे हंगकंग सुपर सिक्स चरण पुग्नेछ भने नेपालले हंगकंगलाई पराजित गरेको खण्डमा नेपाल, अफगानिस्तान र हंगकंगको समान २ अंक हुनेछ र अंकतालिकामा उत्कृस्ट हुने टिम सुपर सिक्स प्रवेश गर्नेछ।

    तर नेट रन रेट निकै कमजोर रहेको नेपालले हंगकंगलाई ठुलो अन्तरले पराजित गरे पनि सम्भावना कम रहेको छ। नेपालको नेट रन रेट -१५४६ रहेको छ भने अफगानिस्तानको ०.०३८ । यस कारण नेपालको सुपर सिक्स पुग्ने सम्भावना लगभग समाप्त भएको छ। अनुमानित हिसाबमा यदी नेपालले हंगकंगलाई १५०-२०० रन अन्तरले पराजित गर्नेहो अथवा हंगकंगले दिएको लक्ष्य १५-२० ओभरमा पुरा गर्ने हो भने नेपालले अफगानिस्तानलाई नेट रनरेटमा जित्न सक्छ र सुपर सिक्स छनौट हुन सक्छ। विकेटनेपाल डट कममा विश्लेषण गरिएको छ ।

     

    नेपालको ब्याटिंग 

    यस अघि नेपालले टस जितेर पहिले ब्याटिंग गर्दै १९४ रन बनाएको थियो।

    दिलिप नाथको सट्टा ओपनिंग ब्याटिंग गरेका अनिल साह ७ रनमा आउट भएपछि ज्ञानेन्द मल्ल र पारस खड्काले दोश्रो विकेटको लागि ९२ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अनिललाई मुजिब उर् रहमानले आउट गरेका थिए।

    Paras Khadka
    Paras Khadka

    १३/१ को अवस्थाबाट नेपालले १०५ रनको योगफलमा ज्ञानेन्द्र मल्ललाई दोश्रो विकेटको रुपमा गुमाउन पुग्यो। मल्ल २३ रन ९ ६९ बल, २ चौका ) रासिद खानको बलमा एलबिडब्लु धरापमा परे। मल्लको विकेट लगत्तै पारस खड्का पनि आउट भए। १० चौका र १ छक्का मदतले ७५ रनको इनिंग खेलेका पारसलाई मोहम्मद नाबीले लंग अन बाउन्ड्रीमा क्याच आउट गराएका थिए।

    पारसको प्रतियोगितामा यो दोश्रो अर्धशतक हो र लिस्ट ‘ए’ क्रिकेटमा आठौँ अर्धशतक पनि हो।

    पारसको विकेट पछि पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेल मात्र १ रन ( १३ बल ) बनाएर आउट भए। पाँचौ विकेटको लागि दिपेन्द्र ऐरी र आरिफ शेखले २६ रनको साझेदारी गरेपछि दिपेन्द्र ३२ रन ( ४१ बल, ३ चौका र १ छक्का ) आउट हुनपुगे। दिपेन्द्रलाई पछ्याउदै आरिफ पनि नाबीको शिकार हुन पुगे जसले २३ रनको योगदान दिए।

    सोमपाल कामि पनि ९ रनमा नाबीको शिकार भए जसपछि शरद भेसावकर घाइते हुँदा प्रतियोगितामा पहिलो पटक मौका पाएका करन केसी पनि १ छक्का प्रहार गर्दै ६ रन बनाएर शापुर जद्रानको बलमा आउट हुन पुगेका थिए। सन्दिप लामिछाने र ललित राजबंशी खाता नखोली आउट हुँदा बसन्त रेग्मी ९ रनमा अविजित रहे।

    ४९.५ ओभर ब्याटिंग गरेको नेपालले १९४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो।

    अफगानिस्तानको लागि उत्कृस्ट बलिंग गरेका अफ स्पिनर मोहम्मद नाबीले ४ विकेट लिए जुन क्रममा १० ओभरमा मात्र ३३ रन खर्चिए। रासिद खानले ३ विकेट ( ९.५-१-४५-३ ) तथा  शापुर जद्रानले २ विकेट ( ८-१-३२-२ ) हात पारे। मुजिब उर् रहमानले किफायती बलिंग गर्दै १ विकेट हात पार्न १० ओभरमा मात्र २४ रन खर्चिए।

    महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा उत्रेको छ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाएका हुन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।

    अफगानिस्तानको ब्याटिंग 

    लक्ष्य पछ्याउने क्रममा ओपनिंग ब्याटिंग गर्न आएका रासिद खानलाई २१ रन ( १४ बल, ५ चौका ) को स्कोरमा आउट गर्दै विकेटको खाता खोलेको नेपालले २८/१ को अवस्थाबाट दोश्रो विकेट लिन ६५ रन थप दिनु पर्यो। दोश्रो विकेटको रुपमा सन्दिप लामिछानेले ओपनर जाभेद अहमदीलाई २६ रन ( ५४ बल, १ चौका र १ छक्का ) आउट गरेपछि अफगानिस्तानले ४६ रन बनाएका रहमत शाहको विकेट पनि गुमाउन पुग्यो। रहमतलाई दिपेन्द्र ऐरीले खेलको २६ औं ओभरमा बोल्ड गरेका थिए जसले ७५ बलमा ५ चौका हिर्काए।

    रहमतको विकेटपछि मोहम्मद नाबीलाई पनि दिपेन्द्र ऐरीले ३४ रन ( ३२ बल, २ चौका र १ छक्का ) को स्कोरमा आउट गर्दा अफगानिस्तानले ३४ ओभर सकिंदा  १५० रनमा ४ विकेट गुमाउन पुग्यो। त्यसपछि नजीबुल्लाह जद्रानले आक्रामक ब्याटिंग गर्दै अफगानिस्तानलाई सहज जित तर्फ लागेका थिए। जद्रानले अविजित ५२ रन बनाउने क्रममा ४७ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

    प्रतिकृया दिनुहोस्

    हेर्नुस् सरकारलाई विपक्षी दलले तत्काल गर्न भनेका १३ काम

    सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार, काठमाडौँ नेपाल । विषयः...

    विपक्षी दलहरूले प्रधानमन्त्रीलाई बुझाए यस्तो ज्ञापनपत्र

    विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एंव प्रमुख प्रतिपक्षी...

    भक्तपुर प्रहरीमा नेतृत्व परिवर्तनसंगै लागू औषधमा नजर, फार्मेसी संचालक पक्राउ

    bhaktapur police

    जिल्ला प्रहरी परिसर भक्तपुरको नेतृत्व परिवर्तनसंगै लागू औषध विरुद्ध प्रहरी आक्रामक भएको छ । नेतृत्व...

    साफमा माल्दिभ्सविरुद्ध नेपालको अहिलेसम्मकै फराकिलो जित

    फूटबलमा नेपालले माल्दिभ्सविरुद्ध गोलको वर्षा गरी जित हासिल गरेको छ । साफ महिला च्याम्पियन २०२४...

    दुई झगडिया नेताले अघि बढाए मित्रताको हात

    टम र जेरी भन्ने भन्ने बित्तिकै हाम्रो सामुन्ने दुई झगडालुको दृश्य आउने गर्छ । नेपाली...