News Portal

  • सर्लाहीकै सर्वाधिक धनराशी रहेको ‘राजर्षी जनक कप’ फुटबल प्रतियोगिता शुरु, मुम्बइले ससस्त्रलाई हरायो

    प्रेमनाथ पौडेल सर्लाही, ८ चैत
    १७०८ पटक
    सर्लाही, ८ चैत

    सर्लाही कै सर्बाधिक धनरासी रहेको राजर्षी जनक कप फुटबल प्रतियोगिता बिहीबारबाट शुरु भएको छ ।
    मेरो मन को ज्योती बागमती युवा क्लबको आयोजनामा दोस्रो संस्करण को प्रतियोगिता बागमती स्थित बागमती सिचाई आयोजना को खेलमैदानमा बिहीबारबाट शुरु भएको हो ।

    बिहीबार भएको पहिलो दिन खेलमा एपिएफ र भारत को स्काई कृष्ट ब्वाईज मुम्बइबीच भएको खेलमा खेल अबधिभर कुनै टिमबाट गोल हुन नसकेपछि ट्राई बेकरको आधारमा नतिजा निकालिएको थियो ।

    ट्राई बेकरमा खेल खेलाउदा मुम्बइले एपिएफलाई ४ को बिरुद्ध ५गोल गर्दै जित हासिल गरेको आयोजक बागमती युवा क्लब का संयोजक दिपक लामा ले बताए । बिहिबार भएको खेलमा मुम्बइका गोल किपर कृष्ण कान्त नाथेकर म्यान अफ द म्याज घोषित भएका छ्न ।
    खेलमा नेपाल का तिन बिभागिय र भारत तथा भुटान का साथै सर्लाही ११सहित १०टिम को सहभागिता रहेको आयोजकले जनाएको छ । खेल को फाईनल चैत्र १७गते हुने अध्यक्ष किस्मत मैनाली ले बताए ।

    सर्लाहीकै गौरब बोकेको प्रतियोगिता भएको दावी गर्दै आएको आयोजकले बिजयी हुने टिम लाई राजर्षी जनकरनिङ्ग कप , नगद ५लाख, मेडल र प्रमाणपत्रका साथै उप बिजेतालाई नगद ३ लाख मेडल र प्रमाणपत्र दिने घोषणा गरेको छ ।

    त्यस्तै खेल अबधी भरमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीलाई २ लाख ५०हजार मुल्य बराबर को बाईक र अरु तिन खेलाडी लाई ३३ हजार मुल्य पर्ने मोबाईल सेट प्रदान गरिने बताइएको छ ।
    आजबाट शुरु भएको खेलको उद्घाटन दुई नम्बर प्रदेश का सामान्य बिकाश मन्त्री नवलकिशोर साहले गरेका छन् । उनले बल खेलाडीलाई पास गरेर उदघाटन गरेका हुन ।

    यसैबीच केहि महिना पहिले रुसमा भएको अन्तरास्ट्रिय मार्सल आर्ट प्रतियोगिता मा तेस्रो स्थान हासिल गर्न सफल सर्लाही कि खेलाडी अंजना सिवाकोटीलाई नगद ५१ हजार सहिद खादा ओढाएर क्लबले सम्मानसमेत गरेको छ ।
    कार्यक्रम मा सर्लाही क्षेत्र नम्बर ३क का प्रदेश सासंद डिल्ली प्रसाद उप्रेती ,माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य युबराज भट्टराई रौतहट क्षेत्र नम्बर ४क का प्रदेश सासंद धनलाल ठोकर लगायतले प्रतियोगिता सफलताको लागि शुभकामना मन्तब्य राखेका थिए ।
    यस अघि जिल्ला फुटबल संघ सर्लाहीका अध्यक्ष ठाकुर बहादुर सुस्लिङ्गको अध्यक्षतामा गरिएको पत्रकार सम्मेलन मा पुर्ब सांसद नरेन्द्र साहले प्रतियोगिता को पुरस्कार को लागि तयार गरिएको करिब चार लाख को लागत मा चादी तथा सुन को जलप लगाई बनाईएको २०किलोग्राम तौल रहेको कप क्लब का अध्यक्ष मैनाली लाई हस्तान्तरण गरेका थिए ।
    कार्यक्रममा बागमती नगरपालिका कि उपमेयर लिला कुमारी मोक्तान, लालबन्दी नगरपालिकाका मेयर मान बहादुर खड्का, चन्द्रपुर रौतहटका मेयर रामचन्द्र चौधरी लगायत बिभिन्न सघं सस्था का प्रतिनिथी , खेलाडी, सचांर कर्मी र खेलप्रेमीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...