News Portal

  • विराटनगरमा भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट

    ९३० पटक

    ४ वैशाख । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अपरिचित समूहले बम विस्फोट गराएको छ ।

    सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन ।

    बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने उच्च सुरक्षा स्रोतको भनाइ छ ।

    भारतीय कन्सुलरको कार्यालयलाई ‘नेकपा’ले आफ्नो निशाना बनाउँदै आएको छ । सो कार्यालय हटाउन साना कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका छन् ।

    भारतीय दूतावासको विराटनगरस्थित सम्पर्क कार्यालय २०६५ सालमा कोशी बाँध फुटेको बेला बाँध बनाउन भन्दै स्थापना गरिएको थियो । कोशी बाँध निर्माण भइसके पनि अझै कार्यालय हटेको छैन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...