काठमाडौँ, ८ जेठ ।
सनम शाक्य हत्या प्रकरण सँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ।
गृह मन्त्रालयका अनुसार हालै गोरेलाई पक्राउ गरिएको हो ।
चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती मोरङ उर्लाबारीका हुन् । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए ।
यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।
हिजो मात्र जिल्ला अदालत मोरङमा सुन प्रकरणमा मुछिएकाहरुको प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।