News Portal

  • चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिता भक्तपुरमा सम्पन्न

    भक्तपुर, ३ असार
    १४१४ पटक
    भक्तपुर, ३ असार

    चौथौं उपत्यकाव्यापी आमन्त्रण बास्केटबल प्रतियोगिताको जुनियर व्याइजतर्फको उपाधि ज्ञान निकेतन स्कूल काठमाडौले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा हिमालय स्कूल काेटेश्वर काठमाडौलाई १४ का विरुद्ध ३१ प्वाइन्टले पराजित गरी ज्ञान निकेतनले उपाधि हात पारेको हो ।

    मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने नाराका साथ आइतबार नै भएको सिनियर व्याइजतर्फको उपाधि होप भ्याली स्कूल काठमाडौले जितेको छ । हिमालयलाई १७ का विरुद्ध १९ प्वाइन्टसले पराजित गर्दै होप भ्याली विजयी भएको हो ।

    सिनियर व्याइज खेल थ्री अन थ्री (तीनतीन जना) वीच भएको थियो ।
    साथै यसअघि आइतबार नै भएको गल्र्सतर्फको उपाधि इनोभेटिभ स्कूल ललितपुरले जितेको छ । श्री चन्द्रविन्दु स्कूल काठमाडौलाई पराजित गरी इनोभेटिभ विजयी भएको हो ।

    प्रतियोगिताका विजयी स्कूल तथा खेलाडीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा रेफ्री सुवाश दर्शनका साथै सहभागी स्कूलहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहित २७ विद्यालय प्रतिस्पर्धामा थिए । प्रतियोगितामा ४९ टिम सहभागी रहेका थिए ।

    एभरेष्ट स्कूल मिवाछें भक्तपुरको आयोजनामा उक्त प्रतियोगिता भएको थियो । स्कूल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, कमलादेवी अमात्य भण्डारीलगायतले प्रतियोगितामा हारजित भन्दा पनि मित्रता ठूलो रहेको बताएका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...