News Portal

  • १ रनको रोमाञ्चक जीत सहित नेपालले अन्तरास्ट्रिय एकदिवसीय खेलमा पहिलो खाता खोल्यो

    काठमाडौँ, १९ साउन
    ११९२ पटक
    काठमाडौँ, १९ साउन

    सोमपाल कामीले उत्कृस्ट अलराउण्ड प्रदर्शन गरेपछि नेपालले नेदरल्यान्ड्सलाई दोस्रो एक दिवसीयमा शनशनिपूर्ण खेलमा १ रनले हराउंदै एक दिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित दर्ता गरेको छ। जितसंगै नेपालले शृंखला समेत १-१ को बराबरीमा अन्त्य गरेको छ। यसअघि पहिलो एक दिवसीयमा घरेलु टोलीले नेपाल माथि हात पारेको थियो।

    भीआरए मैदानमा पहिले ब्याटिंग गर्दै नेपालले दिएको २१७ रनको लक्ष पछ्याउने क्रममा घरेलु टोलीको सुरुवात राम्रो रहन सकेन। पहिलो ओभरको दोस्रो बलमा सोमपालले स्टेफन माइबर्गलाई बोल्ड गर्दै नेदरल्यान्ड्सलाई पहिलो झड्का दिएका थिए। टोलीको खातामा ३० रन हुँदा ललित भण्डारीको बलमा रोहित पौडेलले उत्कृस्ट क्याच पकड्दै दोस्रो विकेट स्वरूप बेन कुपरलाई पभेलियनको बाटो देखाएका थिए।

    पहिलो दुई विकेटपछि भने घरेलु टोलीको ब्याटिंग सम्हाल्ने क्रममा वेस्ली वारेसी र टर् बार्कले उत्कृस्ट ८४ रनको साझेदारी गरेका थिए। बार्क व्यक्तिगत ३८ रन बनाउंदै सन्दिप लामिछानेको शिकार बनेका थिए। सोहि ओभरमा नै सन्दिपले डी लीलाई समेत आउट गरे। त्यसपश्चात भने नेदरल्यान्ड्सका ब्याट्सम्यानले सम्हालेर ब्याटिंग गर्न विफल रहे। माइकल रिप्पोन (३), पिटर सिलर (२१), स्कट एडवार्डस (९) र शेन स्नाटर (१२) रन बनाएर पभेलियन फर्किंदा नेपालले खेलमा पुनरागमन गरेको थियो।

    अन्तिम विकेटका लागि फ्रेड क्लासेन र पल भेन मिकिरणले साझेदारी गर्दै नेदरल्याण्डलाई जिततर्फ लैजाने प्रयास गरेका थिए। खेलको ४९ औं ओभर गर्न आएका दिपेन्द्र सिंह ऐरीले सो ओभरमा मात्र ३ रन खर्चिए पछि अन्तिम ओभरमा नेदरल्याण्डसलाई जितका लागि ६ रन आवश्यक थियो।

    रोमान्चक अन्तिम ओभर 

    अन्तिम ओभर गर्ने जिम्मा कप्तान पारस खड्काले आफैं लिए। ओभरको पहिलो बलमा फ्रेड क्लासेनले १ रन लिंदै मिकिरनलाई स्ट्राईक दिए। ओभरको दोस्रो बलमा मिकिरन रन जोड्न विफल रहे। तेस्रो बलमा भने मिकिरनले १ रन लिए। अब नेदरल्याण्डसलाई जितका लागि ३ बलमा ४ रनको आवश्यक थियो। त्यससमयमा क्लासेनले २ रन जोड्दै स्कोरलाई अघि बढाए। ओभरको पाँचौ बलमा रन जोड्न नसक्दा नेदरल्याण्डलाई अन्तिम बलमा २ रनको आवश्यकता थियो। अन्तिम बलमा ब्याट्सम्यानले प्रहार गरेको सट सिधा स्टम्पमा गएर लागेपछि पारस खड्काले ब्याट्सम्यानलाई रन आउट गर्दै नेपालको रोमान्चक जितको कथा कोरेका थिए।

    नेदरल्याण्डसको ब्याटिंगमा वेस्ली वारेसीले ७१ तथा टर ब्राकले ३८ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। नेपालको बलिंगतर्फ सन्दिप लामिछानेले ३ विकेट चट्काएका थिए। यस्तै ललित भण्डारीले २ तथा सोम्पाल कामी, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले एक एक विकेट लिए।

    सोमपालको उत्कृस्ट ब्याटिंग 

    यसअघि टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउन अघि २१६ रन जोडेको थियो। नेपालको ब्याटिंगतर्फ नम्बर ८ मा ब्याटिंग गर्न आएका सोमपाल कामीले सर्वाधिक ६१ रन जोडे।

    ओपनर ज्ञानेन्द्र मल्ल (१३) र सुबास खकुरेल (१९) लाई चाडैं गुमाएको नेपालको ब्याटिंग सम्हाल्ने क्रममा पारस खड्काले एक छेउ सम्हाल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेका थिएनन्। पिटर सिलरको बलमा स्नाटरको हातबाट क्याच आउट हुन् अघि पारसले ५१ रन जोडेका थिए। त्यसक्रममा उनि नेपालको लागि एक दिवसीय क्रिकेटमा अर्धशतक बनाउने दोस्रो खेलाडी समेत बने।

    पारस खड्काको विकेट गुमाउँदा १६५/६ को अवस्थामा रहेको नेपालको ब्याटिंगलाई सम्मानजनक स्कोरसम्मम पुर्याउन सोमपालले उत्कृस्ट ब्याटिंग गरेका थिए। एक दिवसीय क्रिकेटमा अर्धशतकमा बनाउने तेस्रो नेपाली बन्ने क्रममा सोमपालले ४६ बलमा ६१ रनको आक्रामक पारि खेलेका थिए। उनको इनिंगमा ५ चौका र ३ छक्का सामेल सामिल थियो। यस्तै नेपालको ब्याटिंगमा दिपेन्द्र सिंह ऐरी र सुबाश खकुरेलले समान १९-१९ रनको योगदान गरेका थिए।

    डच टोलीको बलिंगमा फ्रेड क्लासेनले ३ विकेट लिएका थिए। यस्तै माइकल रिप्पोन र पिटर सिलरले समान २-२ विकेट हात पारेका थिए।

    ( फोटो – अनुराग आचार्य / रमन शिवाकोटी )

    विकेटनेपालबाट

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...