News Portal

  • आईसीसी टि-२० विश्वकप छनौट : पहिलो खेलमा नेपाल पराजित

    ९७८ पटक
    सिंगापुरमा जारि आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिता अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा कतारसंग ४ विकेटले पराजित भएको छ।

    पहिलो खेलमा सिंगापुरसंग ३३ रनले पराजित भएको कतारले प्रतियोगितामा पहिलो जित निकालेको छ। नेपालले दोश्रो खेल भोलि बुधबार मलेसियासंग खेल्नेछ।

    आयोजक सिंगापुर सहित, नेपाल, मलेसिया, कुवेत र कतार सहभागी प्रतियोगिताको विजेता टिम अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न पाउनेछ।

    पहिले ब्याटिंग गर्दै नेपालले दिएको १२३ रनको लक्ष्य कतारले ६ विकेट गुमाएर १९.२ ओभरमा पुरा गर्यो।

    लक्ष्य पछ्याउने क्रममा कतारले १ रन बनाएका ओपनर फैसल जावेदलाई चाडै गुमाउन पुग्यो। दोश्रो ओभरमा सन्दिप लामिछानेले उनलाई क्याच आउट गराए। सुरुवात देखि कमरान खानले भने आक्रामक सटहरु खेले।

    १५ बलमा २ चौका र २ छक्का बनाएर खतरनाक सावित भएका खानलाई पाँचौ ओभरमा करन केसीले क्याच आउट गराए। त्यसपछि तेश्रो विकेटकको रुपमा इनाम उल हक र मुहम्मद तन्भिरले ३० रनको साझेदारी गरे।  खतरनाक साझेदारीलाई सन्दिपले दशौँ ओभरमा ११ रन बनाएका तन्भिरको विकेट लिंदै तोडे। सन्दिपले १२ रन बनाएका जाहिर इब्राहिमलाई पनि आउट गरे।

    एक किनार सम्हालेर खतरनाक बनेका ओपनर इनाम उल हक १४ औं ओभरमा रन आउट हुन पुग्दा नेपाल खेलमा फर्क्यो। ३२ बलमा हकले ६ चौका प्रहार गरे। लगत्तै ९ रन बनाएका तमुर सज्जाद पनि रन आउट हुन पुगे।

    ६८/३ को अवस्थाबाट कतार १५ औं ओभरमा ९९/६ को अवस्थामा पुग्यो।

    त्यसपछि नौमन सरवार र मोहम्मद रिज्लानले साझेदारी गर्दै कतारलाई जिततर्फ डोर्याए। कसिलो बलिंग गरे पनि नेपालले विकेट भने निकाल्न सकेन्।

    १९ ओभर समाप्तिमा कतार १२०/६ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा जितको लागि ३ रन आवस्यक हुँदा पहिलो बलमा ललितले रन नदिएता पी दोश्रो बलमा सरवारले चौका प्रहार गर्दै कतारलाई जिताए।

    सरवार १५ रनमा र रिज्लान ९ रन बनाएर अविजित रहे।

    नेपालको बलिङ्गमा सन्दिप लामिछानेले ३ विकेट  तथा करन केसी  ले १ विकेट लिए। सोमपाल कामि  , ललित राजबंशी  , बसन्त रेग्मी  र अविनाश बोहरा  विकेट विहिन रहे। स्कोरकार्ड

    नेपालको ब्याटिंग 

    टस जितेर ब्याटिंग गरेको नेपालले २० ओभरमा सम्पूर्ण विकेट गुमाएर १२२ रन बनाएको थियो।

    नेपालको लागि ओपनिंग गर्न आएका पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे। छैठौं ओभरको अन्तिम बलमा पारस इनाम उल हकको बलमा आउट भए जस अघि उनले १७ बलमा ४ चौका र १ छक्का मदतले २८ रन बनाए।

    ४९ रनको साझेदारी टि-२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ओपनिंग साझेदारी समेत हो। सन् २०१४ टि-२० विश्वकपमा सुबास खकुरेल र सागर पुनले ३६ रनको ओपनिंग साझेदारी गरेका थिए जुन पारस र ज्ञानेन्द्रको जोडीले तोडेका हुन्।

    पारसको विकेट पछि दबाबमा आएको नेपालले दोश्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई पनि नवौं ओभरमा गुमाउन पुग्यो। तमुर सज्जादले मल्ललाई क्याच आउट गरे जसले २४ बलमा २३ रन बनाए जुन क्रममा २ चौका र १ छक्का प्रहार गरे।

    लगातार विकेट गुमाउने क्रममा शरद भेसावकरलाई पनि सज्जादले ७ रनको स्कोरमा आउट गरे। पाँचौ नम्बरमा आएका सोमपाल कामि पनि ११ रन बनाएर रन आउट हुन् पुगे। बिनोद भण्डारी पनि ७ बलमा ३ रन बनाएर आउट भए।

    चौथो नम्बरमा ब्याटिंग गर्दै एक किनार सम्हालीरहेका दिपेन्द्र एरि १९ औं ओभरमा ३४ रन बनाएर नौमन सरवारबाट बोल्ड हुन पुगे। ३५ बलमा उनले १ चका र १ छक्का प्रहार गरे।

    करन केसी ( ४ ) , सन्दिप लामिछाने ( ९ ) , बसन्त रेग्मी ( १ ) र अविनाश बोहरा ( १ ) ले पनि तल्लो क्रममा खास योगदान दिन सकेनन्।२० ओभरको चौथो , पाँचौ र छैठौं बलमा नेपालले लगातार ३ विकेट गुमाएको थियो।

    कतारको बलिंगमा इकबाल हुसेनले सर्वाधिक ३ विकेट लिए। यस्तै तमुर सज्जाद  र नौमन सरवार  ले २/२ विकेट लिए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...